वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

‘फेक न्युज’ का कारण चर्चामा आएका यी बलिउड स्टार

‘फेक न्युज’ का कारण चर्चामा आएका यी बलिउड स्टार

काठमाडौं । कलाकारले फेमको साथमा धेरै सघर्षको बाटो पनि पार गर्नुपर्छ ।  एक कलाकार हरेक समय फ्यानको नजरमा बाँधिएका हुन्छ । यसको कारण सेलिब्रेटीसँग जोडिएका हरेक विषय समाचार बन्ने गर्छन । कसैको बिहे,  मृत्यु ,प्रेम लगायतका विषयमा ‘फेक न्युज’ पनि आउने गरेका छन् । जसको कारण ती सेलिब्रेटी केवल चर्चाको पात्र मात्र बन्छन् ।

अमिताभ बच्चन –बलिउड फिल्म क्षत्रका महानायक हुन् अमिताभ बच्चन । उनीसँग जोडिएका हरेक कुरा फ्यानको लागि विशेष हुने गरेको छ । तर अमिताभको विषयमा मिडियामा धेरै पटक फेक न्युज आएका छन् । एक समय अमिताभको दुघर्टनामा मृत्यु भएको खबर निकै चर्चामा आएको थियो । जुन समाचार झुठो थियो । शाहरुख खान,दीलिप कुमार, महेश भट्ट, शक्ति कपुर, आयुष्मान खुराना लगायत कलाकारको मृत्युको खबर पनि मिडियामा आएका थिए । जसलाई कलाकारले नै जवाफ पनि फर्काएका थिए ।

करिना कपुर –एक समय अभिनेत्री करिना कपुरको युवा अस्थामा नै गर्भवभी भएकी थिइन् भन्ने खबर निकै चर्चामा आएको थियो । मिडियामा उनी कक्षा ९ मा पढ्दा नै गर्भवती भएको भनिएको समाचार गलत थियो ।

इलियाना डिसुजा –हालै एक अन्तर्वार्तामा इलियानालाई सोधिएको थियो, फेक न्युज मिडियामा आउँदा कस्तो लाग्छ ? जवाफमा उनले भनिन्–यस्ता धेरै फेक न्यसजहरु छन् जसले मलाई दुखी बनाउछ । खबर अनुसार म गर्भवती थिए अनि मैले गर्भपतन गराए । यो समाचार देखेर मलाई निकै रिस उठेको थियो । ’

गौहर खान–गौहर खान गर्भवती भएको खबर मिडियामा आएको थियो । यस खबरपछि गौहर निकै रिसाएकी थिइन् । उनले ट्वीट मार्फत यस्तो अफवा नफैलाउन आग्रह गरेकी थिइन् ।

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै