वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

दमकका लक्ष्मी संग्रौलाद्वारा संकटमा सहयोगको घोषणा

दमकका लक्ष्मी संग्रौलाद्वारा संकटमा सहयोगको घोषणा

दमक । हाल कोरोना भाइरसको दोश्रो भेरियन्टले उग्र रुप देखाईरहेको छ । देशका धेरैजसो जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ । बिरामीले बेड नपाएका र अक्सिजन अभावका समाचारहरु निरन्तर जसो बाहिर आईरहेको छ ।

यस्तो विषम परिस्थितीमा झापा गौरादह नगरपालिका वार्ड नम्बर ७ हुँदै दमक नगरपालिका ८ निवासी हाल भक्तपुर बस्ने केन्द्रिय कार्य सम्पादन समिति सदस्य राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौलाले कोभिड संक्रमितलाई अस्पतालसम्म पुर्याउन अक्सिजन सहितको एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउन घोषणा गरेका छन् । झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकासँगै दमक नगरपालिका र कमल गाउँपालिकाभित्रका कोभिड संक्रमितहरुलाई अक्सिजन सहितको एम्बुलेन्समा अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरी संकटको घडीमा सहयोग गर्ने उनले घोषणा गरेका हुन् ।

यस्तै अक्सिजन अभाब भईरहेको समाचार बाहिर आएसँगै उनले अक्सिजनको समेत प्रबन्ध मिलाउने तयारी गरिरहेको बताएका छन् । सेवा लिनका लागि सञ्चार क्लब गौरादहका अध्यक्ष तथा समाचार दैनिककर्मी सुदिप अधिकारीलाई ९८५२६६१६०४ नम्बरमा, पर्दाफास मिडिया नेटवर्क प्रा.ली.का प्रबन्ध निर्देशक सान नेपाललाई ९८४१७६१७८८ नम्बरमा र गौरादह ७ निवासी जय गुरुङलाई ९८१४०९०२९३ नम्बरमा र भरिपूर्ण राईलाई ९८१४३६१९२५ नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ ।
उनले संकटको घडीमा सबैले सबैलाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

कोभिड र बजेट अभावका मारमा हुलाकी राजमार्गः भौतिक प्रगति ६३ प्रतिशत