वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

सिन्धुपाल्चोकबासीलाई मध्यभोटेकोशीको आईपिओ खुल्यो, कसरी भर्ने ?

सिन्धुपाल्चोकबासीलाई मध्यभोटेकोशीको आईपिओ खुल्यो, कसरी भर्ने ?

काठमाडौं । मध्यभोटेकोशीको आईपिओ खुलेको छ । सिन्धुपाल्चोकबासीका लागि विषेश अफरसहित मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर आइपिओ खुलेको हो।

जिल्लाको आयोजना प्रभावित क्षेत्र र प्रभावित क्षेत्रबाहेक जिल्लाबासी सबैका लागि आइपिओ खुलेको हो। आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओ खुलेको हो।

आयोजना क्षेत्र प्रभावित भएकाको हकमा प्रमाणित खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपी र नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी चाहिन्छ।

त्यस्तै प्रभावितबाहेक जिल्लाबासीका हकमा वैशाख १३ गते अगावै बसाइसरी आएको प्रमाण खुल्ने स्थानीय तहले लेखेको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी पनि चाहिन्छ।

त्यस्तै बाहिरी जिल्लाबाट विवाह गरी आउने महिलाको हकमा निजको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी चाहिन्छ।

न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँको आवेदन दिन सक्ने छन्। अधिकतम ४ सय अर्थात ४० हजार रुपैयाँको आवेदन दिन सक्ने छन्।

चाँडोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिने मिति तय गरिएको छ।

स्थानीय तथा प्रभावितका लागि आइपिओ भर्नका लागि पहिलो पटक अनलाइनको व्यवस्था भएको छ। इसेवामार्फत पनि प्रभावितले आइपिओ भर्न पाउने व्यवस्था गरिएको  छ।

सिन्धुपाल्चोक मै स्थायी बसोबास गरिरहेका र डिम्याट खाता हुनेहरुले ईसेवाबाट नै आवेदन दिन सक्ने छन् । यसको लागि इसेवामा रहेको MBJCL – IPO (Local People) अप्सन छान्नु पर्ने छ । त्यस पछि सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नु पर्ने छ । त्यस्तै आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नु पर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नु पर्छ । त्यसपछि प्रोसिड क्लिक गरि आवेदन दिन सकिन्छ। ईसेवाबाट भरेको भौचर भने ग्लोबल आईएमई क्यापिटललाई मेल मार्फत पठाउनु पर्ने छ ।

डिम्याट नभएकाको हकमा र बसाईसराई गरेका तर आईपिओमा आवेदन दिन योग्य रहेकाको हकमा भने आवेदन दिनको लागि अर्को ब्यबस्था गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज बेलुकासम्ममा क्यापिटलको वेबसाइट बाट नै डिम्याट नभएकाको हकमा र बसाईसराई गरेका तर आईपिओमा आवेदन दिन योग्य रहेकाले अनलाइन बाट नै आवेदन दिन सक्ने छन् ।

मध्य भोटेकोशीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

प्रभावितका लागि पहिलो पटक इसेवाबाट आइपिओ भर्न पाउने व्यवस्था भएको हो। इसेवाका अलवा आफ्नो बैंक खाता भएको शाखाबाट फारम भरेर पनि आइपिओ भर्न सकिनेछ।

हकप्रद तथा सर्वसाधारणका लागि आइपिओ भर्नका लागि सिडिएससीले ‘मेरो सेयर’ संचालनमा ल्याएको छ। तर प्रभावितले भने यसबाट भर्न पाउने व्यवस्था हुन सकेको छैन। स्थानीय र प्रभावित भनेर पुष्टि गर्ने आधार चाहिने भएकाले मेरो सेयर अनलाइनबाट भर्ने व्यवस्था हुन नसकेको हो।

प्रभावित क्षेत्रका अविवाहित नारीले आइपिओ भर्न पाए पनि विवाह भएर अन्य क्षेत्रमा गइसकेकाले पाउँदैनन्। तर विवाह भएर प्रभावित क्षेत्रमा आएकी नारीले भने आइपिओ भर्न पाउने व्यवस्था छ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। जसमा चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना