वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको कदम षड्यन्त्रपूर्ण भएको कांग्रेसको ठहर

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको कदम षड्यन्त्रपूर्ण भएको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निबास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरेको हो ।
विश्वासको मत लिने ओलीको कदम असल नियतबाट निर्देशित नरहेको र यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने निश्कर्ष निकाल्दै यो विरुद्ध संगठित रुपमा प्रस्तुत हुने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

विश्वासको प्रस्ताव फेल भएपछि वैकल्पिक सरकार गठनको लागि बाटो खुल्ने उनको भनाई छ ।
बर्तमान सरकारले चौतर्फी रुपमा संवैधानिक मान्यता र मर्यादालाई भत्काउने काम गरेको र प्रदेशमा पनि नाङ्गो किसिमबाट अल्पमतमा पुगिसकेपछि सरकार बनाउने असंवैधानिक काम केन्द्रको निर्देशनमा भएको भन्दै भत्र्सना गरिएको महतले बताए । यस्तै उहाले संसदलाई छलेर अध्यादेशको माध्यमबाट धेरै बिषयलाई अघि बढाउने काम भएको भन्दै बैठकले भत्र्सना गरेको जानकारी दिए ।

त्यस्तै कारोना महामारीमा आवश्यक सामाग्रीको उचित वस्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कोरोनाका कारण पार्टीको महाधिवेशन अप्ठेरोमा परेपनि तोकिएको समयमा नै महाधिवशेन सम्पन्न गर्न आन्तरिक काम जारी राख्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

 

 

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना