वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

विश्वासको मत लिने प्रधानमन्त्रीको उद्देश्य राम्रो देखिएन–माओवादी केन्द्र (भिडियो)

विश्वासको मत लिने प्रधानमन्त्रीको उद्देश्य राम्रो देखिएन–माओवादी केन्द्र (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले विश्वासको मत लिने प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको भन्दै यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक रहेका निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको उनको भनाई छ । लुम्बिनी प्रदेशमा भएको घटना असंवैधानिक भएको निष्कर्ष बैठकले निकाल्दै लुम्विनीको सरकारलाई अवैधानिक घोषणा गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको भावना विपरित स्वच्छाचारी भएको ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए ।

https://www.facebook.com/samaachardainik/videos/1165241103924967

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना