वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

चितवनमा कोरोना संक्रमण दुई गुनाले वृद्धि हुँदै

चितवनमा कोरोना संक्रमण दुई गुनाले वृद्धि हुँदै

चितवन । चितवनमा कोरोना संक्रमण दिनप्रतिदिन दुई गुनाले वृद्धि हुँदै गएको छ ।

हिजो सोमबार १६६ जनामा देखिएको संक्रमण आज झण्डै दोब्बर थप २३३ जनामा देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमित २३३ जना मध्ये १८८ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।

योसँगै चितवनमा संक्रमितको संख्या आठ हजार ४४५ जना पुगेको छ जसमध्ये १२१ जनाले कारोना संक्रमणको कारणले ज्यान गुमाएका छन् । घरमा आइसोलेसनमा एक हजार ३१५ जना छन् भने अस्पतालको आइसोलेसनमा ८९ जना रहेका छन् ।

त्यसैगरी विगत २४ घण्टामा खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्तीमा ३ जना र कालिका नगरपालिकामा थप ८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

नेपालमा थपिए ९ हजार २४७ जना संक्रमित,२१४ जनाको मृत्यु

जिल्ला अस्पताल रोल्पालाई २ सय थान एन्टिजेन किट पठाइयो

पत्रकार महासंघ दाङ शाखाका सदस्य बस्नेतको कोरोनाबाट निधन

नवनियुक्त मन्त्री शर्माको पद बहाली : पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना