वि.सं २०७८ जेठ ३ सोमबार फोरेक्स युनिकोडमौसम

नेपाल सुपर लिगः काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

नेपाल सुपर लिगः काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

काठमाडाैं । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो ।

हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरेका हुन् । उनले खेलको पाँचौँ मिनेटमा गोल गरे । खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो ।

यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन । खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन ।

खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चितवनमा १४ जना कोरोना संक्रमितको मृत्यु

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पाल्पामा एकैदिन २२१ जनामा संक्रमण पुष्टि

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो