वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

संविधान जारी गर्न नदिने शक्ति र संसद विघटन गराउने शक्ति एउटै हो- घनश्याम भुसाल

0
संविधान जारी गर्न नदिने शक्ति र संसद विघटन गराउने शक्ति एउटै हो- घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओली फेरी पनि प्रतिनिधिसभा विघटन गराउने खेलमा लागेको बताएका छन् । ओली आफैं पहिला नेकपा र अहिले एमाले विभाजन गर्न लागेको दावी गर्दै भुसालले अहिले ओली प्रतिनिधिसभा फेरी विघटन गर्ने खेलमा लागेको बताए ।

‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन,’ भुसालले लेखेका छन् ।

त्यही शक्तिले हिजो नेकपा विभाजन गरेको र आज एमाले विभाजन गर्न लागिपरेको भुसालको दावी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’

प्रधानमन्त्री केपी ओलीको नाम नलिईकन घुमाउरो भाषामा ओली प्रति कटाक्ष गरेका भुसालले प्रधानमन्त्री ओलीसँग आत्मसमर्पण नगर्ने बताए । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ,’ उनले भने ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै