वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

माधव नेपाललाई विश्वास गर्दा प्रचण्ड र देउवाले उम्मेदवारी दिन पनि पाएनन् !

माधव नेपाललाई विश्वास गर्दा प्रचण्ड र देउवाले उम्मेदवारी दिन पनि पाएनन् !

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपालका कारण माओवादी केन्द्रका प्रचण्डले धोका पाएका छन् । प्रचण्ड र नेपाल कै सहमतिमा कांग्रेसले प्रदेश ३ बाट राष्ट्रिय सभाको उम्मेदवारमा डा. खिमलाल देवकोटालाई बनाएको थियो । तर अन्तिममा नेपाल कामचलाउ प्रधानमन्त्री केपी ओलीसँगै मिलेपछि प्रचण्डले धोका पाएका हुन् ।

डा.देवकोटा माधवकुमार नेपाल नजिकका बौद्धिक व्यक्ति हुन् । स्थानीय तहका विज्ञ देवकोटालाई सहमतिमा उम्मेदवार बनाउदा माओवादी केन्द्र, काँग्रेस र जसपाले समेत समर्थन गरेका थिए ।

एमालेले भने गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाएको छ। नेपाल पक्ष भने आज ओलीको विकल्पमा नयाँ सरकार बनाउनका लागि सांसद पदबाट राजीनामा दिने तयारीमा थियोे । तर बिहानै ओलीले आफू निकटका स्थायी समितिको बैठक बोलाएर नेपालसहित ४ नेतालाई पार्टीबाट गरेको निलम्बन फुकुवा गरे ।

फेरि ओली नेपाल बीच व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा गोप्य भेटघाट भयो । सो भेटघाट पछि भने वार्ता सकारात्मक भयो र नेपाल पक्ष राजीनामा दिएर ओलीको विकल्प खोज्ने कदमबाट पछि हट्यो ।

खनाल नेपाल पक्ष र ओली पक्षका बीचमा समझदारी बनेकाले अब राष्ट्रियसभाको चुनावमा एमालेले कसलाई आाधिकारीक उम्मेदवार मान्ने र मतदान गर्ने हो भन्ने अन्योल सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापालाई अघि सारेको ओलीपक्षले डा. भट्टराईलाई मतदान गर्ने संभावना न्यून छ ।

अन्तिममा एमाले मिल्यो माओवादीले धोका भेट्यो

तत्कालीन नेकपा हुँदा प्रचण्ड र नेपाल मोर्चाबन्दी नै कसेर ओलीको विरुद्धमा खनिए । ओली पनि एकपछि अर्को गर्दै संकट सृजना गर्नेतर्फ लागे । कहिले संसद् विघटन त कहिले विभिन्न अध्यादेशहरू ल्याएर देश अस्तव्यस्त बनाए ।

त्यसविरुद्ध प्रचण्ड नेपाल सडकदेखि सदनसम्म विरोध गरिरहे। नेपाल पक्षले प्रचण्डसँग कै सल्लाह र सहमतिमा राजीनामा दिने अन्तिम कसरतमा थियो । एकाएक ओली एक तह लचिलो भएपछि नेपालसँग सहमति भएको हो ।

ओलीसँगको वार्ता पछि नेपालले भने,ञराजीनामा एकदुई दिनलाई टर्‍यो।झ नेपालसँगको समझदारी र जसपा भित्र महन्थ ठाकुर पक्ष ओलीकै पक्षमा उभिएपछि वैकल्पिक सरकारको सम्भावना टरेको हो।

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना