वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा !

यी १४ खेलाडी बेच्दै  बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा !

एजेन्सी । च्याम्पियन्स लिगबाट आउन भईसकेको, ला लिगाको सपना लगभग अन्त्य भएको र यो सिजन कोपा डेल रे मा मात्रै चित्त बुझाउनु परेको स्पेनिस पावर हाउस बार्सिलोनाले नयाँ सिजनअघि व्यापक फेरबदल गर्ने तयारी गरेको छ ।

समर ट्रान्सफर विण्डो चलिरहेका बेला बार्सिलोनाले आफ्नो क्लबमा रहेका १४ खेलाडीलाई विक्रिको सूचीमा राखेका छ । अक्सर बेन्चमा बस्ने गरेका र कतिपय प्रदर्शन चित्त बुझ्दो नभएका खेलाडीहरुलाई बार्सिलोनाले विक्रीको सूचीमा राखेका गोल डटकमले जनाएको छ ।

विक्रीको सूचीमा रहेका बार्साका खेलाडीहरुमा महंगो मुल्य तिरेर भित्र्याईएको ब्राजिलियन स्टार कोटिन्हो देखि गतवर्ष युभेन्टससँग साटफेर गरिएका मिरालेम पियानिच सम्म छन् ।

बार्साका दोश्रो प्राथामिकताका गोलकिपर नेटो, डिफेण्डर सामुयल उम्टिटि, जुनियर फिर्पो, म्याथुयस फर्नान्डेज, मार्टिन ब्रेथवेट लगायत छन् । पछिल्लो चरणमा बार्सिलोनाका भरपर्दा डिफेण्डर जेरर्ड पिके र सर्जिओ रोवर्टोले पनि विश्वास गुमाएका छन् ।

पछिल्लो खेलमा रोबर्टो त सब्सटिच्युटका रुपमा मैदान छिरेको केहिसमय नहुदै खराव प्रदर्शनका कारण सब्टिच्युटमा परेका थिए ।

बार्सिलोनाले केही नयाँ खेलाडी भित्र्याउने तयारी गरिरहेको छ । जसमा पहिलो नम्बरमा ब्रोयसिया डर्टमुण्डका स्टार युवा फरवार्ड अर्लिङ हल्याण्ड छन् । बार्सिलोनाले यसै सिजनको अन्त्यमा सम्झौता सकिन लागेका कप्तान लियोनल मेसीलाई टिकाउनु भन्दापनि हल्याण्डलाई भित्र्याउने कुरालाई प्राथामिकतामा राखेको द सनको दावी छ ।

दशक देखि क्याटालन क्लब बार्सिलोनाका निम्ति ब्यबसायी फुटबल खेल्दै आएका कप्तान लिओनेल मेस्सी बार्सिलोनासंगको नयाँ सम्झौता गर्ने कि नगर्ने भन्न दोसाँधमा छन् । उनी क्लबको प्रमुख तथा पहिलो रोजाईका खेलाडीसमेत हुन ।

यूरोपियन विभिन्न रिपोर्टका अनुसार बार्सिलोनाले नै मेस्सीको सम्झौता भन्दा हाल्याण्ड अनुबन्ध गर्नुलाई प्राथमिकतामा राखेको खबर बाहिरिएको छ । लन्डन अनलाइन “द सन्” ले मेस्सी भन्दा डर्टमण्ड युवा स्टार अर्लिंग हाल्याण्डलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

३४ बर्षे अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको यसै सिजनको अन्त्यसंगै बार्सिलोनासंगको सम्झौता समेत अन्त्य हुने छ । तर हाल्याण्ड अनुबन्ध गर्न बार्सिलोनासंग आर्थिक चुनौती हुने भन्दै आएकोमा यस पटक रिपोर्ट अनुसार मेस्सीको बलिदानमा हाल्याण्ड अनुबन्ध गरिने बताइएको छ ।

चरम आर्थिक सङ्कट झेलिरहेको बार्सिलोनाले यस सिजन मेस्सी सहित हाल्याण्डलाई बार्सिलोना प्रवेश गर्न सके आर्थिक रुपमा बार्सिलोनालाई फाईदा पुग्ने अनुमान गरिएको छ । यससंगै बार्सिलोनाले आउदो सिजन च्याम्पियन लिगमा समेत चुनौती दिन सक्ने छ ।

तर बार्सिलोनाका निम्ति हाल्याण्ड अनुबन्ध आफैमा चुनौतीपूर्ण छ । खेलाडीको पारिश्रमिक कटौती गर्नुपर्ने हुन्छ साथै बार्सिलोनाले आफ्नो खेलाडी बेच्दै क्लबमा आर्थिक मजबुत पार्नु जरुरी छ । किनकी हाल्याण्ड खरिद गर्न क्लबलाई कम्तिमा ११० मिलियन यूरो जरुरी हुन्छ ।

क्लबका नवनिर्वाचित क्लब अध्यक्ष जान लार्पोतोले मेस्सी भन्दा हाल्याण्डलाई प्राथमिकतामा राखेको खबर आएका यूरो स्पोर्ट्समा छ । ट्रान्सफर मार्केटका शिर्ष ३ महंगो खेलाडीको सुचीमा हाल्याण्ड हाल तेश्रो स्थानमा छन् जसको मूल्य ११० मिलियन यूरो अंकित गरिएको छ ।

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन