वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

प्रदेश १ का सबै जिल्लामा निषेधाज्ञा जारी

प्रदेश १ का सबै जिल्लामा निषेधाज्ञा जारी

झापा । प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ ।

तराईका जिल्लामा भने कढाइका साथ निषेधाज्ञा लगाइएको छ ।प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले अत्यावस्यक कामबाहेक सवारी साधन नचलाउन आग्रह गरेको हो । कोरोनाका संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले शनिबारबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा लगाएको छ ।सुनसरी प्रवेश गर्ने नाकामा प्रहरीले कडाइ गर्दै जिल्लाभित्र प्रवेश गर्ने सवारिसाधन पूर्ण रुपमा रोक लगाएको छ ।

सुनसरीमा नेपाली सेना समेत सडकमा निस्किएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचेतना जगाउने उद्येश्यसाथ सेना खटाएको बताए ।

सुनसरी प्रहरीले सर्वसाधारणलाई अटेर गरी घर बाहिर निस्किए सडकमै कार्वाही गर्ने चेतावनी दिएको छ ।यसैबिच मोरंगमा आजदेखि लागु हुनेगरि दश दिन निषेधाज्ञा कडाइका साथ थप गरिएको छ । प्रदेश १ का अन्य जिल्लामा पनि निषेधाज्ञा जारि रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै