वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

चितवन । गत वर्ष फैलिएको कोरोनाको संक्रमण र लकडाउनको समयमा उद्दार लगायतका काममा उत्कृष्ट देखिएको तर हाल दोस्रो संक्रमणका बेला गुमनाम जस्तै बनेको आरोप लागेको चितवनको माडी नगरपालिकाको सक्रियतामा माडीमा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।

कोरोना संक्रमण बढेसंगै नगरपालिकाले साविकको कृषि शाखा रहेको भवनमा फिवर टेस्ट क्लिन सहितको आईसोलेसन सेन्टर आजबाट संचालनमा ल्याएको हो । वैशाख २३ गते बाट निर्माणकार्य सुरु गरिएको र १० दिनमै ८ बेडको आइसोलेशन सेन्टर तयार गरिएको माडी नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले बताए ।

बघौंडा अस्पतालको मातहत रहने गरि सो आइसोलेशन सेन्टरमा हावामा रहेको अक्सिजनलाई तान्ने र प्रशोधन गरेर संकलन गर्ने ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’समेत जडान गरिएको उनको भनाइ छ ।आइसोलेशन सेन्टरको स्थापना भएसंगै अस्पतालले कोभिड १९का बिरामीहरु भर्ना गरी उपचार सेवा सुरु गरेको छ ।

यसैबिच माडीका स्थानियहरुले माडीमा पिसिआर मेशिन लगायतको स्वास्थ्य उपकरण माग गरेका छ्न । सदरमुकाम भरतपुर सम्म उपचारका लागि जान आउन टाढा रहेकोले सबैको पहुच नहुने भएकाले उपचारमा आवश्यक स्वास्थ्य उपकरण माडीमा नै जडान गरि सेवा दिनु पर्ने माग गरेका हुन ।

उनीहरुले पिसिआर मेसिनको अभावमा स्वाव परिक्षण झन्झटिलो भएको र बिरामीहरु होम आइसोलेशनमा रहेकाले सिमित बिरामीको मात्रै परिक्षण गर्ने गरिएको बताए । बिरामी सिकिस्तै भएपछी भरतपुर दौडाउने बिगतको परम्पराले यस्तो महामारीमा ज्यान जोगाउन हम्मे रहेको उनिहरुको भनाइ छ ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै