वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

तातोपानी हुंदै २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आईपुग्ने

सिन्धुपाल्चोक । कोरोना सङ्क्रमितका लागि अत्यावश्यक अक्सिजन भर्ना आज चीनबाट ल्याईएका २५ सय थान खाली सिलिन्डर काठमाडौं आईपुग्दैछन् । चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट सिन्धुपाल्चोकको तातोपानी नाका आईपुग्ने क्रम शूरू भएको हो ।

नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएकोमध्ये आज करिब २५ सय थान भन्सरमा आइपुगको केही बेरमा काठमाडौं पठाइने भन्सारका अधिकारीले बताएका छन् । अन्य सिलिण्डर र स्वास्थ्य समाग्री बोेकेका कन्टेनर पनि खासा आइपुगेको र नेपाल भित्रिने चरणमा छन्।

व्यापारीले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट खरिद गरी खासा क्षेत्र हुदैं तातोपानी नाका ल्याईएको हो । उक्त खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क टान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए ।

सोमबार १२ बजे चिनियाँ चार कन्टेनरमार्फत दुई कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र दुई कन्टेनरमा स्याउ आएको तातोपानी सीमास्थित ‘बीओपीका’ सशस्त्र प्रहरी निरिक्षक केशवकुमार श्रेष्ठले जानकारी दिए ।

सिल्क टा«न्सपोर्टका अध्यक्ष शेर्पाले धेरै परिमाणका अक्सिजन सिलिण्डरसहित स्वास्थ सामग्री बोकेका ८० वटा कन्टेनर खासा बजार आइपुगेको बताए ।

ढुवानी कर्ता सिल्क टा«न्सपोर्टका अध्यक्ष शेपाले थप १५ हजार थान अक्सिजन सिलिइण्डर अन्य स्वास्थ सामग्री, उपकरण चीनको ल्हासा, मेम्बु, सिगात्से, न्यालम क्षेत्रमा आइपुगेको बताएका छन् ।

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै