वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो

पाल्पामा जेठ १५ सम्मलाई निषेधाज्ञा थपियो

पाल्पा । पाल्पामा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मका लागि थपिएको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रको आज बसेको वैठकले तेस्रो चरणमा १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थपिएको समयवधीमा खाद्यान्न तथा तरकारी पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरिएको छ भने बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । थप गरिएको समयावधीमा औषधि उपचार र अत्यावश्यक काम बाहेक कोही पनि मानिस घर बाहिर निस्कन नपाईने निर्णय समेत गरिएको प्रजिअ पाण्डेयले बताए ।

पछिल्लो समय बढेको संक्रमण रोकथामका लागि निषेधाज्ञाको समयमा चेकजाचमा समते कडाई गर्ने स्थानीय प्रशासनले जनाएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीहरु एम्बुलेन्स, दमकल, शव वाहन, खाद्य दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोक्ने सवारी मात्रै संचालन हुने छन् । यस्तै सरकारी कर्मचारी, स्वास्थ्यका कर्मचारी, प्रेस पास बोेकेका संचारकर्मी तथा उनीहरुले प्रयोग गर्ने सवारी संचालन हुनेछन भने अन्य सबै सवारी पूर्ण रुपमा बन्द गरिने निर्णय स्थानीय प्रशासनले गरेको छ । यस्तै औषधि पसल चौविसै घण्टा खुला रहने छन भने स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने गर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

थपएिको समयावधीमा कुनै सभा समारोह गर्न पाईने छैन भने बिवाह, वर्तबन्ध जस्ता कार्यमा समेत घर परिवारका सदस्य मात्र समावेश भएर १० जनासम्म मात्र भेला हुन पाइने व्यवस्था गरिएको र सबै मठ मन्दिरहरुमा नृत्य पुजा बाहेकका अन्य गतिविधिहरु बन्द गर्न पनि स्थानीय प्रशासानले निर्देशन दिएको छ ।

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने