वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

भरतपुर । धुर्मुस–सुन्तली फाउण्डेशनको आकस्मिक हेल्प कक्षको टिमले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड संक्रमितको उपचार शुरु गरेको अस्पताललाई सामाग्रीको अभाव भएपछि फाउण्डेशनले सहयोग गरेको हो ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले ५० थान अक्सिजन सहितको सिलिण्डर आज अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई हस्तान्तरण गरेका हुन् ।

धुर्मुसले आफूले हिजो अस्पतालमा उपचाररत बिरामीलाई प्रत्यक्ष देखेपछि मन थाम्न नसकेर सहयोग जुटाएको बताए । उनले अस्पताललाई प्याटिईन्ट मनिटर, ईन्फुसिअन पम्प, हाईफ्लो नोजल क्यानल लगायतका स्वास्थ्य सामग्री अति आवश्यक रहेकोले सहयोग गरिदिन आव्हान समेत गरे । उनका अनुसार थप ५० थान सिलिण्डर अस्पताललाई आवश्यक रहेको छ ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भए पनि क्यान्सरका बिरामी र कोभिडका बिरामीलाई अधिक मात्रामा अक्सिजन आवश्यक पर्ने हुँदा उक्त प्लान्टले धान्न सक्ने अवस्था छैन ।

क्यान्सर रोगको मात्रै उपचार गर्दै आएको अस्पतालले आईसियू र भेन्टिलेटरसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिवारबाट कोभिड वार्ड सञ्चालन गरिएको हो । कोभिड वार्डमा दुई वटा भेन्टिलेटर आठ मनिटरसहितको सघन उपचार कक्ष सरहको सुविधा रहेको छ ।

 

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै