वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

उपेन्द्र-बाबुरामलाई धक्का: ४ सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिपक्षी दल जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको हो ।

पार्टीको निर्देशन विपरीत जसपाका ४ जना सांसदले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाएका थिए । उनीहरूले सुरुमा पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर उनै नेतृत्वको सरकारमा मन्त्री बन्न गएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई जसपाले पदमुक्त गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियोे । बहुमत पदाधिकारीको निर्णयले कारबाही गरेको पत्रको आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले गत १६ वैशाखमा पदमुक्त गरेका थिए ।

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे