वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

सर्वोच्चले भन्यो-कोरोना नियन्त्रणमा गुरुयोजना बनाएर खटिनू, १५ दिनमा प्रतिवेदन ल्याउनु !

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रणका लागि सात दिन भित्र विस्तृत गुरुयोजना बनाएर अगाडि बढ्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। ‘कोभिड १९ को महामारीका कारण नागरिक उपचार नपाई मृत्यु कुरेर बस्नुपर्ने स्थिति अत्यन्त गम्भीर र चिन्ताजनक अवस्था हो ।जनताको जीवन रक्षा गर्नु राज्यको सबैभन्दा महत्त्वको जिम्मेवारी हो,’ सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासको आदेशमा भनिएको छ,’स्वास्थ्य उपचार नपाएर नागरिकको मृत्यु हुनु भनेको राज्य नागरिकको जीवन रक्षा गर्ने दायित्वप्रति गम्भीर र समवेदनशील नभएको अवस्था हो ।’ सर्वोच्चले स्रोत र साधनको अभाव देखाएर जनस्वास्थ्यमा खेलवाड गर्न नपाउने पनि भनेको छ ।

‘राज्यले नेपाल पक्ष भएका विभिन्न अन्तरराष्ट्रिय सन्धी सम्झौतामार्फत व्यक्त प्रतिवद्धता र नेपालको संविधान एवम् प्रचलित कानूनद्वारा निर्धारित दायित्वका आधारमा समेत साधन स्रोतको अभाव लगायत कुनै पनि बहानामा सरकारले जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्चले सरकारलाई दिएको निर्देशन :

१. यो आदेश प्राप्त भएको मितिले ७ (सात) दिनभित्र प्रत्यर्थीमध्येका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी देहायका विषयहरू समेतमा राज्यको जिम्मेवारी वहन हुने प्रतिबद्धता व्यक्त भएको एक स्पष्ट र कार्यान्वयनयोग्य कोभिड १९ नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउने ।

(क) अक्सिजन, आधारभूत औषधि वा अस्पतालमा स्थान वा शैय्याको अभावमा कोरोना संक्रमित व्यक्तिले उपचार नपाई अस्पतालमा भर्ना नपाउने वा अस्पतालबाट फर्किनु नपर्ने सुनिश्चितता ।

(ख) अक्सिजन तथा पर्याप्त उपचारको अभावका कारण कोरोना संक्रमित व्यक्तिको मृत्यु हुने अवस्था सिर्जना नहुने ।

(ग) गम्भीर अवस्थाका कोरोना संक्रमितका लागि आवश्यकता अनुसार सघन। उपचार कक्ष (आइ.सि.यू.) वा भेन्टिलेटरको उपलब्धताको सुनिश्चितता र सोको समन्वय र व्यवस्थापनका लागि एक द्रुत सम्बोधन टोली गठन गर्ने ।

(घ) सबै संक्रमितहरूको उपचारमा सहज र समान पहुँच स्थापित हुने सुनिश्चितता ।

(ङ) प्रदेश र स्थानीय तहमा समेत कोभिड १९ संक्रमितको उपचार हुन सक्ने पूर्वाधार तथा अन्य आवश्यक व्यवस्थापन गर्ने ।

(च) सबै जनताले क्रमशस् कोभिड विरुद्धको खोप लगाउन पाउने र पहिलो चरणको खोप लगाइसकेको व्यक्तिले निर्धारित समयभित्र दोस्रो चरणको खोप लगाउन पाउने ।

(छ) तेस्रो चरण वा यसपछि आउन सक्ने संभावित संक्रमणको रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्व तयारी गर्ने ।

२. उक्त कार्ययोजनामा राज्यका तर्फबाट सम्बन्धित सरोकारवाला निकायहरूले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारी स्पष्टरूपमा उल्लेख गरी उक्त जिम्मेवारी पूरा गर्ने समयबद्ध तालिका, सो जिम्मेवारी पूरा गर्न गर्नुपर्ने क्रियाकलापको विवरण, कार्य प्रगति देखिने सूचक र जिम्मेवार अधिकारी स्पष्ट देखिनुपर्ने ।

३. सम्बन्धित अधिकारीबाट जिम्मेवारी पूरा हुन नसकेमा सो प्रति उत्तरदायी हुनु पर्ने ।

४. कार्ययोजनाको कार्यान्वयनका लागि सम्बन्धित निकायले आवश्यक स्रोत साधनको अभाव हुन नदिन रकमान्तर लगायतका आवश्यक सबै प्रक्रिया अवलम्बन गरी स्रोत साधनको सुनिश्चितता गर्ने ।

५. आम नागरिकलाई सुसूचित गराउन उल्लेखित कार्य योजना सार्वजनिक गर्ने ।

६. महामारीको अवस्था समाप्त नभएसम्म उल्लिखित कार्ययोजनाबमोजिम भए गरेका कामकारवाहीको प्रगति विवरणसहितको प्रतिवेदन प्रत्येक १५ ९पन्ध्र० दिनमा यस अदालतको अनुगमन महाशाखामा पेश गर्ने र आवश्यक निर्देशनका लागि इजलास समक्ष पेश गर्ने व्यवस्था मिलाउने ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा