वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सिजीले सुरु गर्‍यो इन्टरनेट सेवा, जडान र तार निःशुल्क

सिजीले सुरु गर्‍यो इन्टरनेट सेवा, जडान र तार निःशुल्क

काठमाडौं । सिजी कम्युनिकेसनले इन्टरनेट सेवा सुरु गरेको छ । चौधरी ग्रुप (सिजी) अन्तर्गतको सिजी कम्युनिकेसनले द्रुत गतिको इन्टरनेट सेवा सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ । ‘सिजी नेट’ ब्रान्डमा सिजीले इन्टरनेट सेवा सुरु गरेको हो ।

सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपीएसको इन्टरनेट कनेक्सनको मासिक ९९९ रुपैयाँमा दिने योजना ल्याएको छ । त्यस्तै, ३, ६ र १२ महिनाका लागि प्याकेज सेवा योजनाहरु सार्वजनिक गरेको छ ।

सिजी नेट जडान गर्दा सुरुमा जडान शुल्क तथा तारको पैसा नलिने अर्थात् निःशुल्क गरेको जनाएको छ । हाललाई काठमाडौं उपत्यकाबाट सुरु भएको सिजीनेटको सेवा विस्तार उपत्यका बाहिर पनि विस्तार गर्दै लान जनाएको छ ।

ललितपुरको कुमारीपाटी, जावलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेको र कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धी जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै