वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

घरमा कोरोना संक्रमित दुधे बालक छाडेर बिरामीको सेवामा समर्पित डा. श्रेष्ठ

घरमा कोरोना संक्रमित दुधे बालक छाडेर बिरामीको सेवामा समर्पित डा. श्रेष्ठ

बाँके । कोरोना भाइरसबाट लाग्ने कोडिभ १९ रोग यसले विश्वभरका समाज, परिवार र व्यक्तिलाई दिएको पीडा व्याख्या गरेर सकिने अवस्था नै छेन । संक्रमणको त्रासले समाज भयभित हुंदा पनि पेशागत कर्तव्यका दृष्टिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सचारकर्मी कर्तव्यपरायण भएर भूमिका निभाउन लागिरहेका छन् । अग्रभागमा खटिने यी तीन मध्यपनि स्वास्थ्यकर्मी संक्रमणको सवैभन्दा खतरामा रहेका छन्छन् । किनभने संक्रमितको उपचार नै उनिहरुको काँधमा हुन्छ ।

यस्तो अवस्थामा स्वास्थ्यकर्मी र तिनका परिवारमा आईपर्ने अपतविपतलाई समेत उनीहरुले कुनै पर्वाह नगरी बिरामीको सेवामा समर्पित भएका हुन्छन् । त्यसै मध्यका एक हुन् बाँकेका डा. पारश श्रेष्ठ ।

कोरोना भाइरसको दोश्रो लहर नेपालमा फैलिएपछि त्यसको सवैभन्दा ठुलो मारमा बाँके पर्यो । सवैभन्दा धेरै संक्रमित र निधनपनि सो क्षत्रमा भयो । त्यसैले पनि बाँके र आसपासका चिकित्सकहरु सवैभन्दा धेरै व्यस्त र तनावमा रहे ।

डा. श्रेष्ठ घरमा कोरोना भाइरस संक्रमित कलिला छोराछोरी छाडेर स्वास्थ्यकर्मीहरु भाइरस संक्रमित परिवारको उपचारमा खटिएका छन्। संक्रमित कलिला छोराछोरीलाई घरमा छाडेर अस्पतालका विरामीको उपचारमा खटिदा कस्तो होला ? सम्झदा पनि आँखा रसाउँछ ।

तर भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. पारश श्रेष्ठलाई भने घरको भन्दा अस्पताल र आइसोलेसनमा रहेका विरामीको उपचारको विषयले धेरै पिरोल्छ । घरमै संक्रमितलाई समय दिन नसकेका डा. श्रेष्ठ भने अस्पतालका मात्र होइन नगर तथा गाउँपालिका स्तरले तयार पारेका आइसोलेसन सेन्टरमा पुगेर पनि उपचार सेवा दिदै आउका छन् ।

सेवाभाव र पेशागत दायित्वका कारण आफु अस्पतालका संक्रमितको उपचारमा खटिएको श्रेष्ठको भनाइ छ।

उनले नेपालगन्जका होमआइसोलेसनमा बसेका देखि बाँकेको डुडुवा गाउँपालिकाले तयार पारेको आइसोलेसनमा रहेका विरामीको समेत उपचारका लागि समय दिईरहेका छन् ।

श्रेष्ठका बुवाआमा, श्रीमती, भाई र कलिला छोराछोरी सवै नै संक्रमित भए । उनीहरु बल्ल संक्रमणबाट मुक्त भएको १० दिन भयो । परिवार नै संक्रमण हुँदा पनि डा. श्रेष्ठले घरपरिवारलाई यथोचित समय दिन पाएनन् ।

घरमा जाँदा डरत्रास त लाग्छ नै उहाँको भनाइ छ। तर के गर्नु यहाँ अन्य विरामीको अवस्था पनि त विजोग छ उनको भनाइ छ । उनलाई बेला बेला धरधरी आँसु झारेर भक्कानो छोडेर रुन मन लाग्छ । तर त्यसले समस्याको समाधान दिदैन भन्ने पनि थाहा छ । उनी न त अस्पतालका विरामी छाडेर घरमा रहेका संक्रमित परिवारको सेवामा खटिन पाउछन्, न घरको अवस्थाप्रति आँखा चिम्लन नै सक्छन् , पारिवारिक, सामाजिक तथा पेशागत कर्तव्यले उनलाई एकैपटक थिचेको छ । आफ्ना संक्रमित परिवारलाई उनी जति मायाँ गछन् अपस्पतालमा अक्सिजन र औषधीको अभावमा छटपटाएका बिरामीको पनि उत्तिकै ख्याल गर्दछन् ।

कोभिडको उपचारमा अस्पतालमा खटिएकै बेला उन घरमा भाइरस पस्यो । तर उनी विचलित भएनन् । भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. श्रेष्ठ अहिले आफ्नो ज्यानको प्रवाह नगरी विरामीको उपचारमा अहोरात्र खटिरहेका छन् । न उनलाई भोकको चिन्ता छ न त प्यासको । कोरोनासँग जुधिरहेका व्यक्तिहरुका लागि साक्षता भगवान भनेकै अहिले स्वास्थ्यकर्मी र चिकित्सक हुन्।

त्यसैले पनि डा. श्रेष्ठ आफ्नो सेवा र धर्मप्रति प्रतिबद्ध छन् । उनी विहानदेखि रातीसम्मै विरामीको सेवामा अनवरतरुपमा खटिदै आएका छन् । उनी भन्छन्, यो संकटका बेलामा विरामीको सेवा हाम्ले नगरे अरु कस्ले गर्छ ? अस्पताल र होमआइसोलेसनमा बसेका संक्रमितको अवस्थासँगै उनीहरुलाई आवश्यक उपचार, परामर्श दिने गरिएको डा. श्रेष्ठको भनाइ छ ।

प्राय: चिकित्सकहरु होमआइसोलेसनमा बसेका संक्रमित कहाँ पुगेका छैनन् । तर डा. श्रेष्ठ प्रत्येक दिन होमआइसोलेसनमा बसेका संक्रमितलाई भेट्न पुग्छन् । त्यहाँ पुगेर विरामीको स्वास्थ्य अवस्था बुझ्नु उनको दैनिकी जस्तै बनेको छ । अक्सिजन लेभल कम भएकालाई तत्काल भेरीमा अस्पताल पठाउँछन् ।

परिवारलाई उच्च मनोवलका लागि टिप्स दिन्छन् । विरामीप्रति उनको चासो र चिन्ता साच्चिकै अरु चिकित्सकहरुको लागि पनि प्रेरणादायी बनेको छ । डा. श्रेष्ठको परिवारमा मात्रै तीन जना सदस्य चिकित्सक छन् ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा