वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

न्यायलयमा बेथिति: 'न्याय परिषद् भष्मासुरको नलिहाड'!

न्यायलयमा बेथिति: 'न्याय परिषद् भष्मासुरको नलिहाड'!

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएका घटनालाई एउटा शिक्षाको रूपमा लिनुपर्ने हुन्छ । न्यायालय सुधारको बाटोका लाग्ने कति छ भन्ने बारे आइतबार थाहा भइहाल्छ । इजलास कसरी तोकिन्छ त्यसदिनसम्म प्रतिक्षा गरौं । इजलासबाट बाहिरिने र रहने न्यायाधीशबारे पनि इतिहासलाई नै छाड्दिउ । दुवै रायहरू, दुवैका व्यवहारहरू इतिहासका कैद भए । नेपालको न्यायिक इतिहासमा यो घटना होइन दुर्घटना भयो । यो दुर्घटना दर्ता भइसकेको छ । यसबारेमा भोलिका कानुनका विद्यार्थीहरूलाई अध्याय भयो । इजलास छाड्ने र रहने घटनाले सुबाटो लियो भने राम्रो भयो, कुबाटो लियो भने नराम्रो भयो । सुबाटो लिन्छ वा कुबाटो लिन्छ भन्ने कुरा दुईचार दिन कुरौं ।

संवैधानिक इजलासमा बारम्बार विवाद हुनुमा आफ्नै कारण र व्यवहारहरू छन् । आलंकारिक रूपमा यति भनौं– कसैको बोली, व्यवहार र बचन परिचय दिन्छ । यस परिचयलाई बुझ्नेले कुन रूपमा ग्रहण गर्छ त्यही रुपमा प्रतिक्रिया जनाउँछ । यस दुर्घटनामा जो जो सम्मिलित पात्रहरू छन् उनीहरूको व्यहार, इतिहास लगायतले मुल्यांकन गरिरहेको हुन्छ । त्यही मुल्यांकनको परिणती हो यो । कस्तो आदेश आउँछ भनेर अगाडि नै न्यायाधीशहरू कित्ताकाँट भएर छर्लंग हुनु दु:खद् हो । यस रूपमा प्रकट हुनुहुँदैन । शंका उपशंकाको वातावरणले सम्पूर्णरूपमा न्यायपालिकालाई नै ड्यामेज गरिरहेको छ ।

न्यायपालिकाप्रतिको जनआस्था, सबैको आस्थाको रुपमा यसअघि रहँदै आएको न्यायलयमा कहिलेदेखि विचलन आयो । सत् प्रतिशत थिएन होला तर पनि राणाकाल, पञ्चायतकालमा पनि आस्थाको रुपमा न्यायपालिका थियो । राणा कालको भन्दा पञ्चायतकालमा राम्रो हुनुपथ्र्यो, पञ्चायतको कालको भन्दा बहुदलमा झन् राम्रो हुनुपथ्र्यो, बहुदलमा भन्दा अहिलेको गणतन्त्रमा अझ राम्रो हुनुपथ्र्यो । समय अग्रगामी हुन्छ । १२ बजेपछि १ बज्छ । ११ पछि १२ बज्छ । घडीको सुइ त पछि फर्किदैन । न्यायपालिकाको हकमा समयको सुइ किन पछाडि फर्किरहेको छ भन्नेबारे सजिलै तरिकाले भन्न सकिँदैन ।

प्रधानन्यायाधीश (चोलेन्द्र शमशेर जबरा) केटाकेटी त होइन, बच्चा त होइन । अहिलेको सञ्चारको दुनियाँ यति फास्ट छ कि कुनै पनि कुरा लुकाएर लुक्दैन । के गर्न हुन्छ ? के गर्न हुँदैन ? के गर्दा शंका उत्पन्न हुन्छ ? के गर्दा शंका उत्पन्न हुँदैन भन्ने कुरा प्रधानन्यायाधीशजस्तो मान्छेलाई कसैले सिकाइरहनै पर्दैन । म के अनुमान गर्छु भने उहाँले जे गरिरहनु भएको छ उचित गरिरहनु भएको छ । उचितै गरिरहनु भएको होला भन्ने लाग्छ । उहाँकै अनुसार पनि उचितै गरिरहनुभएको छ । उहाँले उचित भनेपछि मैले अनुचित कसरी भन्नु ? उहाँले उचित ठानेको कुरामा मैले अनुचित भन्न पनि मिलेन । उहाँले आफैले आफ्नो आत्मलाई बताउने कुरा हो । आफैले आफैलाई मुल्यांकन गर्ने कुरा हो । अरुले मुल्यांकन गर्दा त्यति वस्तुपरक नहुन सक्छ ।

केही समय यता प्रश्न किन उठिरहेका छन् ? मैले दुईवटा कुरा भन्दै आएको छु । एउटा न्याय परिषद्को हकमा (न्याय परिषद्को अध्यक्ष पनि प्रधानन्यायाधीश नै हुने व्यवस्था छ) ०५२ सालमा ‘धुन्दुकारी शिशु’ भनेको थिएँ । त्यतिबेला न्याय परिषद् जन्मिँदा धुन्दुकारी शिशुको रुपमा जन्मिएको थियो । यसलाई ठीक गरिएन, यसलाई तह लगाइएन भने यसले के के गर्छ के के गर्छ भनेको थिए । अहिले चाहिँ भ के भन्न थालेको छु भने न्याय परिषद्लाई ‘भष्मासुरको नलिहाँड’ हो । न्याय लिकभन्दा बहिर गयो र फेरि लिकमा ल्याइएन भने त दुर्घटना हुन्छ । दुर्घटनालाई रोक्न गहन अध्ययन गर्नुपर्छ ।

न्यायपालिकाको नेतृत्व प्रधानन्यायाधीशको हातमा भएको हुनाले सबैभन्दा बढी सम्वेदनशील हुनुपर्छ । इतिहासदेखि डराउनु पर्छ । अहिले शक्ति भएकाले कोही बोल्दैन र बोल्न पनि सक्दैन । प्रधानन्यायाधीशको अगाडि आँखा जुधाएर बोल्न पनि सक्दैनन् । शक्ति भनेको त्यस्तो हुन्छ । भविष्यमा आफ्ना शाखा सन्ताहरूलाई कस्तो परिचय दिने भन्ने पनि हुन्छ । सुनाम दिने कि दुर्नाम दिने भन्ने कुरा आफै हातको कुरा हो । जस्तै सुगौली सन्धिमा हस्ताक्षर गर्नेका शाखासन्तानले अहिले हामी फलानाका यति पुस्ता हौं भनेर भन्न सक्दैनन् । उनीहरूले परिचय जोड्नै चाहँदैनन् । तर भीमसेन थापाका सन्तानले हामी यति पुस्ता उति पुस्ता भन्छन् । उनीहरूलाई पुर्वजले दिएको नासो हो । त्यसैले मैले देखेको मात्रै सबै राम्रो म मात्रै विद्वान छु कसैले पनि सोच्न हुँदैन ।

(सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्तीसँग समाचारदैनिकका सन्तोष भट्टराईले गरेको कुराकानीमा आधारित)

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै