वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

वरिष्ठताका आधारमा प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गरे

वरिष्ठताका आधारमा प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गरे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गरेका छन् । उनले नागरिकता सम्बन्धि अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइ गर्न वरिष्ठतम् न्यायाधीशहरू राखेर इजलास गठन गरेका हुन् ।

इजलासमा उनीसहित दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । न्यायाधीश खतिवडा भन्दा अगाडि रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमितको कन्ट्र्याक ट्रेसिङ्मा छन् ।

यस्तै संसद् पुनर्स्थापना हुनुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै दायर रिटमा प्रधानन्यायाधीश जबराले आफ्नो तजबिजी अधिकार प्रयोग गरि विवादास्पद न्यायाधीश राखेर इजलास गठन गरेपछि विरोध भएको थियोे । अहिले सर्वोच्चको फूल कोर्ट बसेर वरिष्ठताको आधारमा इजलास गठन गर्ने भनेर नियमावली संशोधन प्रक्रिया पनि अगाडि बढाइएको छ ।

वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीको तर्फबाट उप–महासचिव लक्ष्मण पोखरेलले अध्यादेश विरुद्ध रिट दायर गरेका थिए ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा