वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

खोपबारे गलत सूचना दिएका राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहाकारले सुटुक्क हटाए ट्वीट

खोपबारे गलत सूचना दिएका राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहाकारले सुटुक्क हटाए ट्वीट

काठमाडौं । सरकारले कोरोना संक्रमितहरुका लागि खोपको सहज उपलव्ध गराउन सकेन । सरकारी कुटनीतिक पहलहरु फेल खाए । विश्वभर कुटनीतिक नियोगमा काम गर्नेहरु असक्षम भए । भन्ने जस्ता टिप्पणी आईरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले खोप कुटनीति सुरु गरेकि थिईन ।

चिनियाँ राष्ट्रपतिसँग टेलिफोन बार्ता, अमेरिकी राष्ट्पतिलाई पत्राचार जस्ता पहलले नेपालमा केही आशा पलाएको थियो । कतिपयले सरकारको काम राष्ट्रपतिले गरेको भन्दै आलोचना पनि गरिरहेका थिए । तर जे भएपनि खोप नेपालले पाउनु राम्रो पक्ष हो भन्ने अर्थमा धेरैले सकारात्मक रुपमा लिएका थिए ।

यसै सन्दर्भमा राष्ट्रपति भण्डारीका प्रेस सल्लाहाकार टिका ढकाल र प्रधानमन्त्री केपी ओलीका सल्लाहाकार सुर्य थापाले सामाजिक सञ्जालमा अमेरिकाले ५० लाख डोज खोप दिने सूचना प्रवाह गरे । जुन कुराले धेरैलाइ उत्सही पनि बनायो । तर अन्तत: उनीहरुले सार्वजनिक गरेको सूचना नै गलत भएको पुष्टि भयो ।

अमेरिकाले नेपाललाई ५० लाख खोप दिने कुरा कतै नगरेको प्रमाणित भएपनि राष्ट्रपतिका स्लाहाकारले लाज ढाक्न आफुहरुको माग त्यति रहेको भन्दै कुरा घुमाउन खोजे र पुरानो ट्वीट डिलिट गरे ।

प्रधानमन्त्रीका सल्लाहाकार थापाले भने सुटुक्क पोष्ट डिलिट गरेर तथ्याङक सार्वजनिक गर्न आवश्यक नभएको भन्दै अर्को पोष्ट लेखे । तर उनिहरुले सामाजिक सञ्जालमा गरेको पोष्टको स्किृतसट मासिनहरुले राखिसकेका थिए । अहिले तीनै पुराना पोष्ट सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहाकारलाई खोपजस्तो संवेदनशील विषयमा नागरिकलाई भ्रम पार्ने सूचना राज्यको जिम्मेवार ठाउँमा बसेका सल्लाहाकारले दिन मिल्छ ? भनेर प्रश्न गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार बिहीबार घोषणा भएको २ करोड ५० लाख डोज खोपमध्ये भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ।

नेपालमा यसअघि भारतमा उत्पादित अष्ट्राजेनेकाको खोप लगाइएको थियो। उक्त खोपको पहिलो डोज लगाएका धेरै जनाले दोस्रो डोज पाएका छैनन्।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक