वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

एमाले मिलाउन ‘ग्याङ अफ फोर’ सक्रिए, झन कमजोर बन्यो खनाल नेपाल पक्ष !

एमाले मिलाउन ‘ग्याङ अफ फोर’ सक्रिए, झन कमजोर बन्यो खनाल नेपाल पक्ष !

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीमा चारजना नेताहरुको एक राजनैतिक समुह थियो । यो समुह माओको निकट मानिन्थ्यो । उनीहरू सांस्कृतिक क्रान्ति १९६६–७६ को समयमा चर्चामा रहे र पछि उनीहरूलाई देशद्रोही अपराधको आरोप लगाइयो । उक्त समुहको प्रमुख व्यक्ति चियाङ चिङ (माओ श्रीमति ) थिइन । अन्य सदस्य च्याङ चुङ शियाओ, याओ वेङयुआन र वाङ होङवेनले थिए । यसलाई चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा ‘ग्याङ अफ फोर’ भनिन्थ्यो ।

सन् १९७६ जनवरी ८ मा प्रधानमन्त्री चाउ एन लाइको मृत्यु भयो । प्रधानमन्त्री चाउ एनलाइको मृत्यु पछि माओले ४ फ्रेबरी १९७६ मा हुवा क्वाफेङलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर ९ सेप्टेम्बर सन् १९७६ मा माओको निधन भयो ।

अध्यक्ष माओको मृत्युपछि प्रधानमन्त्री हुवा क्वाफेङ नै चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा पुगे । हुवा क्वाफेङले माओको मृत्यु भएको २७ दिनपछि ६ अक्टोबर रातको ८ बजे पार्टी स्थायी कमिटीको बैठक बोलाए । सो बैठकमा ग्याङ अफ फोरका चारै नेतालाई गिरफ्तार गरियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अक्टोबर १६ अक्टोबर मात्र उनीहरुलाई पक्राउ गरेको औपचारिक घोषणा गर्यो र दस वर्ष देखि चलिरहेको सांस्कृतिक क्रान्तिको अन्त्य भएको घोषण गरीयो । माओले सुरु गरेको सांस्कृतिक क्रान्ति उनको मृत्यु पछि चार जनालाई जेल हालेर अन्त्य गरीयो ।

तर नेपालमा नेकपा एमालेमा भने यसको ठिक उल्टो गदै छन् चार जना युवा भनिएका नेताहरु । चिनमा ग्याङ अफ फोरले अध्यक्ष माओलाई सांस्कृतिक क्रान्तिमा सहयोग गरेका थिए । पार्टीमा भ्रष्टाचार, नातवाद कृपावाद र नेतृत्वमा आएको वैचारीक ,सांस्कृतिक स्खलनको विरुद्ध १९६६ देखि सांस्कृतिक क्रान्ति सुरु भएको थियो ।

यसको मुख्य नेता माओ थिए भने उनलाई ग्याङ अफ फोरले साथ दिएका थिए । माओलाई साथ दिएको सजाय माओको मृत्यु पछि उनीहरुले पाए ।

नेकपा एमालेको खनाल–नेपाल पक्षका मानिएका चार जना नेताहरु भने चिनियाँ ग्याङ अफ फोरको ठिक विपरित काम गरीरहेको आरोप उनी पक्षका केन्द्रीय सदस्यहरु लगाई रहेका छन् । यी चार जना नेताहरु हुन ,नवौ महाधिवेशनमा महासचिवमा हारेका तर अहिले महासचिव हुने महत्वकाक्षा पालेका सुरेन्द्र पाण्डे, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्राई र गोकर्ण विष्ट । यी चार जना मध्य भुसाल र भट्टराई ५ पुस सम्म र विष्ट दुई बर्ष पहिला केपी शर्मा ओलीको सरकारमा मन्त्री थिए । ओलीले एक लौटी रुपमा ५ पुसमा संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै भुसाल, भट्टराई , पाण्डे र विष्ट संघर्ष गदै आएका थिए ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताइ दिएपछि एमाले बनेका नेताहरु पनि ओलीको स्वच्छाचारी कदमको पार्टी भित्र संघर्ष गदै आएका थिए । अझ ४–५ गते चैतमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला नै गरेका थिए । उक्त भेलामा पनि ओली विरुद्ध सबै भन्दा बढी कडा रुपम प्रस्तुत हुनेमा यी चार जना नेताहरु रहेको सहभागीले बताउने गरेका थिए ।

ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक बोलाएर खनाल–नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेका थिए । नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । जसमा आफ्नो र महासचिव इश्वर पोखरेलकोमात्र पद बचाएका थिए । त्यसको काउण्टरमा चैतको पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गरेर आफ्नो टिम पनि एक ढिक्का रहेको सन्देश ओलीलाई खनाल नेपालले दिएका थिए ।

तर त्यसको दुई महिना पछि उनले ओलीलाई दिएको सन्देशमा फेरबदल आएको छ । उनी पक्षका केहि सांसदहरु ओली पक्षमा गएका छन् । केहि उमाले जुटाउने भन्दै तठस्थताको ढोङ गदै छन् । वैचारीक र इमान्दार भनेका चार जना नेताहरु भने अहिले ओलीले गरेका सबै कर्मलाई समर्थन गर्ने र उनैलाई सर्वोच्च नेता मान्नेगरी वार्ता गरीरहेका छन् ।

चीनमा क्रान्ति सफल भएपछि नेता कार्यकर्ताहरुमा आएको स्खलनको विरुद्ध ग्याङ अफ फोर लडेका थिए । तर एमालेका ग्याङ अफ फोरमै स्खलन आएका सो पक्षका आन्तरिक भेलाहरुमा चर्चा हुन थालेको छ । उनीहरु अहिले दुई दुई पटक संविधानमाथि कु गरेर संसद विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्छ भन्दै ओलीक्षसँग खुसामत गदै छन् ।

ओलीले पार्टीलाई एकलौटी चलाएको भन्दै फागुन २८ पछि एमालेमा विवाद चरममा पुगेको छ । ओलीलेपनि खनाल–नेपाल पक्षलाई समेट्नु भन्दा झन पछि झन पर धकेल्दै एमालेलाई ओली समुहमा रुपान्तरण गरको आरोप स्वयं खनाल नेपाल पक्षले लगाउदै आएको छ । अहिले त्यहि समुहका चार जना नेता भने ओलीले जे जस्ता गल्ती गरेपनि अब मिल्नु पर्छ भन्दै राति राति याक एण्ड यति होटलमा ओली पक्षसंग वार्ता गर्न थालेका छन् ।

फुटाउ र राज गर रणनीतिमा ओली
१९ गते जेठमा खनाल–नेपाल पक्षका चार जना नेताहरुले पत्र लेखेर वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । खनाल नेपाललाई लेखेको १० बँुदे पत्रमा ओलीसंग वार्ताको कुनै औचित्य नभएको बताएका छन् । तर ग्याङ अफ फोर भने आफ्ना व्यक्तिगत स्वार्थका कारण ओलीसंग मिल्न चाहेको आरोप उनकै समुहबाट लाग्न थालेको छ ।

फरक व्यक्तिलाई फरक आश्वसन दिदै ओलीले जसरी हुन्छ खनाल नेपाल पक्षलाई कमजोर बनाउने रणनीतिमा लागेका छन् । लामो समय एउटै पार्टीमा संगत गरेका ओलीले सबै नेताको मन छामेका छन् । त्यहि रणनीति अनुसार ओली अहिले नेपालबीनाको एकता गर्ने अथवा आउने जतिलाई एमालेमा ल्याउने भन्ने रणनीतिमा लागेका छन् । माधवन कुमार नेपालका नजिकका पात्र विष्णु रिजाल सोही रणनीति अनुसार ओली पक्षमा लागेर विदेश विभाग उपप्रमुख खाईसकेछ ।

यसकोे खुलासा जेठ १८ गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठक पछि प्रवक्ता प्रदिप ज्ञवालीले गरेका थिए । उनले भनेका थिए ‘कारबाहीमा परेकाहरु लाई चाहिँ समेट्न सकिँदैन भन्ने निष्कर्ष बैठकले निकालेको छ तर पनि उहाँहरु फर्कनु भयो भने राम्रो नै हो । उहाँहरुले शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई बडो गर्वका साथ महिमा मण्डन गरिरहनु भएको छ । उहाँहरुको व्यवहारले पार्टी एकताको प्रयासमा भन्दा विभाजनमा बल पुग्छ तर पनि हामीहरु पार्टी एकताको लागि कोशिस जारी राख्छौ ।’

जब कि यो ५ गते जेठमा ग्याङ अफ फोरका तीन जना र ओली पक्षबीच वार्ता भएको थियो । तर ६ गतेको वागमती प्रदेशको राष्ट्रिय सभाको निर्वाचनले केहि दिन स्थगित भयो । जसमा ओलीले रामबहादुर थापालाई उम्मेदवार बनाएका थिए र प्रतिपक्ष गठबन्धनले खिमलाल देवकोटालाई साँझा उम्मेदवार बनाएका थिए । निर्वाचनमा देवकोटा विजयी भए ।

ओली पक्षले नेपाल लगायतका ११ जनालाई पार्टीको साधारण सदस्य पनि नरहेने गरी कारवाही गरेको छ । तर नेपाल पक्षका १२ जनालाई भने स्पष्टीकण सोधेको समय सीमा नाघ्दा पनि केहि कारवाही अगाडि बढाएको छैन । यो भनेको सकेसम्म खनाल नेपाल पक्षमा विवाद हालेर फुटाउने रणनीतिले काम गरेको छ ।

यसको प्रयोग ओलीले यी चारजना नेताहरुबाट गरीरहेको छन् । चार नेताका पनि व्यक्तिगत स्वार्थ रहेका उनी पक्षका एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने ‘उहाँहरुका पनि व्यक्तिगत स्वार्थले काम गरेको छ । त्यो सबै ओलीलाई थाह छ । त्यहि भएर उनले हाम्रा साथिहरुलाई आस देखाइ रहेका छन् । साथिहरु ओलीलाई चिनेर पनि आसमा छन् । तर हुने केहि होइन ।’

सुरेन्द्र पाण्डे एमालेमा बौद्धिक र वैचारीक नेताको रुपमा चिनिन्छन् । उनी नवौ महाधिवेशनमा नेपाल पक्षबाट महासचिवमा उठेका थिए । तर उनले इश्वर पोखरेलसंग ६ भोटले पराजित भए ।

नेकपाको विवाद भएपछि प्रचण्ड र नेपाल पक्षले ओलीलाई कारवाहि गर्‍यो । कार्की ब्याङक्वेटमा बसेको बहुमत केन्द्रीय कमिटीले ओलीलगायत महासचिव विष्णु पौडेललाई कारवाही गरेपछि ओलीको स्थानमा नेपाललाई अध्यक्ष चुनेको थियो । त्यो दिन महासचिव बनाएन । जबकि पाण्डे आफु महासचिव हुनेमा ढुक्क थिए । अझ आफु निकट केहि अनलाईनमा समाचारपनि लेखाएका थिए । तर उनको महासचिव बन्ने चाहना पुरा भएन । उनले यसको दोष आफु निकट नेताहरुसंग नेपाललाई लगाउदै आएका छन् । प्रचण्ड कार्की ब्याङक्वेटमा आफूलाई महासचिव बनाउन तयार थिए तर नेपालले पहल नगर्दा महासचिव हुन पाइन ।

पछिल्लो समया यसको बदला लिन उनी ओलीसंग भित्र भित्र साँठगाँठमा लागेको नेपाल पक्षका एक केन्द्रीय सदस्यले बताए । उनले भने ‘उहाँको महासचिव बन्ने चाहना नेपाले पुरा नगरेको भन्दै अहिले नेपालका हरेक योजना असफल बनाउन सक्रिय हुनु हुन्छ । जसको परिणाम उनका सार्वजनिक अभिव्यक्ति ।’

पछिल्लो समया ओलीले पाण्डेलाई महासचिव बनाउने अफर गरेको स्रोत बताउछ । किन कि अहिले ओली पक्षको एमाले कुनै विधि विधान अनुसार चलेको छैन । त्यहाँ ओलीले जे भन्यो त्यहि हुन्छ । २८ फागुन देखि अहिलेसम्मका सबै निर्णय त्यसको उदाहरण हो । ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई त भंग गरी दिएभने इश्वर पोखरेलबाट खोसेर महासचिव आफुलाई दिनेमा पाण्डे ढुक्क भएको एक केन्द्रीय सदस्य बताउछन् ।

वैचारीक , अध्ययनशिल नेताको परिचय बनाएका भुसाल पनि पदकोलागि कति लोभी छन् भन्ने कुरा झलनाथ खनाल प्रधानमन्त्री हुदा विना विभागीय मन्त्री बने । मन्त्रालय नै नपाएर मन्त्री बनेका भुसाल त्यसपछि पनि अरु धेरैलाई दलाल पूँजीपतिसंगको साँठगाँठ भन्दै आएका थिए । अझ केपी शर्मा ओली सरकारलाई पनि उनले धेरै पटक दलालपूँजीपतिको सरकार भनेर आलोचना गरे । तर उनलाई ओलीले सरकारमा मन्त्री बनाए । केहि नभनेर सरासर सरकारमा गए । किसानले मल नपाउदा उनी विभागीय मन्त्री हुदा केहि गर्न सकेनन् ।

किसानहरु उखुको मूल्य नपाएर माइतिघरमा आएर धर्ना दिदा यीनै समाजवादको दुहाई दिने भुसाल उद्योगमन्त्रालय जिम्मेवार भन्दै किसानको पक्षमा बोलेनन् ।

अझ सबै भन्दा बढी उनले नेपाली राजनीति दलाल पूँजीपतिको कब्जामा भएको आरोप लगाउछन् तर उनले रोजा फाउण्डेशनमा कति बर्ष माक्र्सवादी अध्ययन केन्द्र चलाए । माक्र्सवादीहरुले एनजीओ आइनजीओलाई साम्राज्यवादी जालो भन्दै आएका छन् । यीनै भुसालले त्यहि साम्राज्यवादी चंगुलको पैसामा अध्ययन केन्द्र संचालन गरे ।

अहिले ओलीले स्कुल विभागको जिम्मा दिने उदारो बचनका पछि अहिलेसम्म आफैले बोलेका भनेका सबै कुराहरुलाई तिलाञ्जली दिएर केपी ओलीको पछाडि लागेका छन् ।

योगेश भट्राई जसालाई एमालेमा मास लिडरको रुपमा चिन्छन् । उनी मास लिडरको छवी भने अहिले ओलीको दामन थाम्न तयार भएपछि गुमाउदै गएका नेपाल पक्षका नेताहरु बताउछन् । एक केन्द्रीय सदस्यले भने ‘हामीलाई त लागेको थिएन कि उहाँ ५ पुसमा मन्त्रीबाट राजीनामा दिनु हुन्छ भनेर तर दिनु भयो । तर अहिले पनि उहाँको ओली मोह कम भएको छैन । त्यहि भएर खनाल नेपाल पक्ष एक हुदा पनि उहाँ ओलीको दामन थाम्न जानु भयो ।’

खनाल नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे तर भट्टारईले गरेनन् । पुन उनी खनाल नेपाल पक्षमा फर्के । उनी फेरी ओली पक्षसंग वार्ता गदै आएका छन् । उनलाई अहिले ओलीले संगठन विभाग प्रमुख दिने बचन दिएको बताइन्छ ।

खनाल–नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने ‘चीनमा ग्याङ अफ फोरले माओलाई सहयोग गरे ,क्रान्तिको दौरानमा केहि कमिकमजोरी भएपनि । तर यहाँ ग्याङ अफ फोरले त खनाल नेपाल पक्षलाई सक्ने काम गरीरहेका छन् ।’

ग्याङ अफ फोरले गरेको वार्ता संग पार्टी भित्र पनि खुलेर विरोध हुन थालेको छ । नेता प्रकाश ज्वाला, जगनाथ खतिवडा ,विजय पौडेल र राजेन्द्र राईले खनाल नेपाललाई पत्र लेखेर वार्ता गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

उसो त चिनमा ग्याङ अफ फोरलाई अध्यक्ष माओलाई दुरुपयोग गरेर आफ्ना विरोधीहरूको संहार गरेको, माओलाई इशारामा नचाएर आफ्नो अभीष्ट पूरा गरेको आरोपमा सांस्कृति क्रान्ति विरोधीहरुले जेल हाले । तर यहाँका ग्याङ अफ फोरले खनाल नेपाल पक्षलाई प्रयोग गरेर आफ्ना व्यक्तिगत फाइदामा लागेको आरोप लाग्न थालेको छ ।

जे होस अहिले एमालेका ग्याङ अफ फोर नेपाललाई कमजोर बनाएर भएपनि ओली नेतृत्वको एमालेमा सामेल हुन चाहन्छन् । यसको एक कारण एमाले पार्टी नाम रहेको छ भने अर्को सूर्य चुनाव चिन्ह । सधै भरी विचार प्रधान हुन्छ भन्ने भुसाल पनि अहिले एमाले र सूर्यको पछि मरिहत्य गरेर लागेका छन् ।

अध्यादेश ल्याउने ओली चाहना
ओलीलाई सहयोग गदै आएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष अहिले अल्पमतमा छ । संसद विघटन भएपछि ४० प्रतिशत केन्द्रीय कमिटीमा पुगाउन पनि नसक्ने अवस्था आएको छ । ओलीले ठाकुरलाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने योजना बनाएका छन् । तर जसपा संगै आफ्नो पार्टी पनि फुट्ने अवस्थामा छ ।

यदि ठाकुर पक्षलाई सहज हुने गरी ल्याएको अध्यादेशमा खनाल नेपाल पक्षलाई पनि सहज भएमा आफ्नै पालामा दुई तिहाइ त गुम्यो गुम्यो आफ्नै पार्टी पनि ४० प्रतिशत सहित विभाजन हुने अवस्थामा पुगेको छ । ओली सकेसम्म खनाल–नेपाल पक्षमा ठाकुरकोलागि ल्याउने अध्यादेश जतिको केन्द्रीय सदस्य नपुगुन भनेर त्यो पक्षमा विभाजन ल्याउन थालेको स्रोत बताउँछ ।

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे