वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सेती अस्पताल : एमआरआई खरीद प्रकरण: एउटै कम्पनिसँग मात्रै मिल्ने स्पेशिफिकेशन किन ?

सेती अस्पताल : एमआरआई खरीद प्रकरण: एउटै कम्पनिसँग मात्रै मिल्ने स्पेशिफिकेशन किन ?

धनगढी– सेती प्रादेशिक अस्पतालमा खरीद हुन लागेको एमआरआई मेसिनमा ५ करोड बराबर रकम चलखेल हुने देखिएको छ । स्रोतले दिएको जानकारी अनुसार अस्पतालले एमआरआई मेसिन खरीद गर्ने स्पेशिफिकेशननै एउटै कम्पनि सँग मिल्ने गरी बनाएईएको छ ।

उक्त खरीद प्रक्रिया सुरु हुदाँ जेठ १३ गते भएको अनलाईन प्रि–बिड बैठकमा ४ कम्पनी सहभागि भएका थिए । बैठकमा GE healthcare, siemens, United Imaging  कम्पनिहरु सहभागि भएका थिए ।
जसमध्ये ३ वटै कम्पनि GE healthcare, siemens, United Imaging मेसिन आपुर्ति गर्ने सप्लायर्सले संसोधन गर्न माग गर्दे निवेदन दिएका थिए ।

तर, अस्पताल प्रशासनले उक्त कम्पनिका सप्लायर्सहरुले माग गरेको कुरालाई संशोधननै नगरी खरीद प्रक्रिया अगाडी बढाएको छ ।

सेती प्रादेशिक अस्पतालाई संघीय सरकारले एमआरआई मेसिन खरीद गर्न भनेर ११.४ करोड दिएको थियो । अस्पतालले उक्त रकम अपुग हुने भनेर थप बजेट माग गरी साढे १५ करोड बजेटमा उक्त मेसिन खरीद प्रक्रिया अगाडी बढाएको हो ।

अस्पताल श्रोतका अनुसार उक्त एमआरआई मेसिन खरीदमा सामाजिक बिकास मन्त्रालयका सचिव,अस्पतालका मे.सु र लेखाशाखा प्रमुखको मिलोमतोमा ५ करोड चलखेल गर्ने उदेश्यले यसअघि पनि विवादीत फर्मलाई छानिएको छ । गत बर्ष डडेल्धुरा अस्पतालको सिटी स्क्यान मेसिन खरीदमा स्पेशिफिकेशन संशोधन गरी एउटै सप्लायर्सलाई दिने उदेश्यले कामगर्ने ईन्जिनियर हरेन्द्र चटौत खरिदका लागि तयार भएका हुन् ।

उक्त स्पेशिफिकेशन फिलिप्स कम्पनिको उपकरणहरु आपुर्ति गर्दै आएको हस्पिटेक ईन्टरप्राईजेजलाई नै दिने उदेश्यले नै तयार पारीएको र जिई र सिमेन्स कम्पनिले स्प्ेशिफिकेशन संसोधन माग गर्दै निवेदन दिएपनि अस्पतालले उक्त कार्य गरेको छैन ।

अस्पतालले तयार गरेको स्पेशिफिकेशन आफ्नो कम्पनि सँग मेल नखाएको जिई र सिकेन्स कम्पनिको उपकरणहरु आपुर्ति गर्दे आएका सप्लायर्सका प्रतिनिधिले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रमा बायोमेडीकल ईन्जिनियर हुदाँहुदै चलखेल गर्ने उदेश्यले नै ई.हरेन्द्र चटौतले स्पेसिफिकेशन तयार गरेका हुन । ई. चटौत डडेल्धुरा अस्पताल को सिटीस्क्यान मेसिन खरीद प्रकरण, महाकाली अस्पतालले भेन्टिलेटर खरीद प्रकरणमा बिबादमा मुछिएका थिए ।

गतबर्ष महाकाली अस्पतालले खरीद गर्दा हरेन्द्र चटौतले नै स्पेशिफिकेशन तयार गरेको र अस्पतालमा भेन्टिलेटरमा खिया लागेको अबस्थामा पुगेपछि स्पेसिफिकेशन तयार गर्ने ईन्जिनियरले छानबिन गरेका थिए । ई. हरेन्द्र चटौत राजनितिक पहुँचको प्रयोग गरी विवादित खरीदमा सहभागि हुदै आएका छन् ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै