वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

ढुंगा, गिट्टी भारत निकासी: मधेश मरुभूमि हुन्छ, गुण्डाराज मौलाउँछ -अमरेश कुमार

ढुंगा, गिट्टी भारत निकासी: मधेश मरुभूमि हुन्छ, गुण्डाराज मौलाउँछ -अमरेश कुमार

काठमाडौं । नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले नेपालको ढुंगा, गिट्टी र बालुवा भारत निकासी गर्ने वर्तमान सरकारको योजनाले मधेश मरुभूमिमा परिणत हुने चेतावनी दिएका छन् । सरकारले बजेटमा ल्याएको यस्तो कार्यक्रमले प्रधानमन्त्री ओली र उनको सरकार मधेशमा झन नाङ्गिएको उनले तर्क गरे ।

अहिले पनि चुरेको विनाशका कारण मधेशमा ठूलो समस्या रहेको उल्लेख गर्दै सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले सरकारले नीति नै बनाएर निकासी खुल्ला गर्दा नेपालका चुरे समाप्त हुने र त्यसको असर मधेशमा पानीको हाहाकार र मरुभूमि हुने बताए ।

पर्यावरण विद्हरुले समेत सरकारको यो नीतिको चर्को विरोध गरिरहेकाले ओलीसरकारलाई यो काम गर्न बाट जनता जागरुक भएर रोक्नुपर्ने उनको भनाई छ । समाचार दैनिकसँगको कुराकानीमा नेता सिंहले अहिले पनि ढगा, गिट्टी र ठेकेदारी प्रथाका कारण गुण्डागर्ति बढिरहेको बताउदै उनले अव झन् बढ्ने चेतावनी दिए ।

गुण्डाराज सुरु हुनु भनेको सरकार असफल हुनु र जनता असुरक्षित हुने अवस्था आउने भएकाले प्राकृतिक सन्तुलन समेत विगार्न सक्ने ओली सरकारको यस्तो कदम विरुद्ध आम नागरिक जागरुक हुन उनले आग्रह समेत गरे ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने