वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

शिक्षकलाई पनि 'फ्रन्ट लाईनर' मानेर खोपको व्यवस्था गर्न नेता पुनको माग

शिक्षकको सर्त: 'नो भ्याक्सिन, नो स्कुल ओपन'

शिक्षकलाई पनि 'फ्रन्ट लाईनर' मानेर खोपको व्यवस्था गर्न नेता पुनको माग

मानसिंह विक, रोल्पा । शिक्षकहरुले कोरोना संक्रमणको त्रासका कारण विद्यालय खोल्न सक्ने अवस्था नभएकाले तुरुन्त आवश्यक प्रवन्ध मिलाउन सरकारसँग माग गरेका छन् । उनीहरुले सरकारले खोपको व्यवस्था नगरेमा स्कुल खोल्न सक्ने अवस्था नरहेको बताए ।

अखिल नेपाल शिक्षक संगठन रोल्पाले शिक्षा क्षेत्रका समस्या र शिक्षकहरुको आन्दोलनका विषयमा आयोजना गरेको छलफलमा शिक्षकहरुले उक्त विषयको चर्चा गरेका हुन् । भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले शिक्षकहरुलाई पनि फ्रन्टलाईनर मानेर खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरे । कोरोना भाइरसको संक्रमणका कारण सिंगो देश त्रासमा रहेको बताउदै उनले यस्तो अवस्थामा सुधार नगरिकन विद्यालय खोल्नु थप जोखिम हुने बताए ।

नेता पुनले कोरोनाको कहरमा पनि सरकार भ्रष्टाचारमा मुछिएको भन्दै आपत्ति जनाए । आवश्यकताका आधारमा खोप तथा स्वास्थ्य सामाग्रीको व्यवस्था सरकारले गर्नुपर्नेमा आफु र आफ्ना नजिककाहरुलाई मात्रै स्वास्थ्य सामाग्री उपलव्ध गराउनु, सामाग्री खरिदमा, कमिसन र भ्रष्टाचारको कुरा आउनु जस्ता विषयसँग प्रधानमन्त्रीनै जोडिनु दु:खद पक्ष भएको नेता पुनले बताएका छन् ।

शिक्षा क्षेत्रको सुधार र समग्र देशको अवस्थामा परिवर्तन ल्याउन अहिलेको सरकार बाधक रहेको उल्लेख गर्दै नेता पुनले यो सरकारलाई नयाँ सरकारले प्रतिस्थापन गरेपछि मात्रै समस्याको हल हुने बताए । कोरोना महामारीको अर्को लहर पनि आउन सक्ने कुरा विज्ञहरुले बताईरहेकाले त्यस विरुद्धको तयारी अहिले देखिनै थाल्न नेता पुनले सरकारलाई सुझाव समेत दिए ।

कार्यक्रममा पूर्वसभामखु ओनसरी घर्ती, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कुलप्रसाद केसी, पूर्व सांसद जयपुरी घर्ती लगायतले पनि शिक्षा क्षेत्रको समस्या र सुधारका विषयमा आ आफ्नो धारणा राखेका थिए ।

सरकारले असारदेखि विद्यालयमा नयाँ भर्ना कार्यक्रम अघि बढाउने तयारी गरिरहेका बेला शिक्षकहरुले अहिले हतार गरेर पछि पछुताउने अवस्था आउन नदिन आग्रह गरे ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा