वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिए । निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ ।

चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैँडाले तीन .तीन, गौरीगाई, बँदेल र मगर गोहीबाट एक÷एकजनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै