वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

नेपालको सुधारिएको प्रदर्शन, तर जोर्डनसँग पराजित

नेपालको सुधारिएको प्रदर्शन, तर जोर्डनसँग पराजित

काठमाडौं । विश्वकप छनोटको जोर्डन विरुद्धको खेलमा नेपाल पराजित भएको छ । कुवेतमा आज भएको खेलमा नेपाल पहिलो हाफमा १ ० गोल अन्तरले पछि परेको थियो भने दोश्रो हाफमा जोर्डनले २ गोल थप्यो । पहिलो हाफको २३ औं मिनेटमा जोर्डनका बाहाले पेनाल्टी मार्फत गोल गरेर खाता खोलेका थिए । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

दोश्रो हाफको ४८ औं मिनेटमा उनले आकर्षक फ्रि किक गोल गरे भने दोश्रो हाफको याजन अल अरवले हेड गोल गरेर नेपाल विरुद्ध सहज जित पक्का गर्दै विश्वकप छनोटको यात्रामा एक कदम अघि बढाए ।
फिफा बरियतामा नेपाल भन्दा निक्कै अघि रहेको जोर्डन विरुद्ध नेपलालले तुलनात्मक रुपमा सुधारिएको खेल खेलेको थियो । जोर्डन विरुद्ध केही अवसर समेत बनाएको नेपालले सदुपयोग भने गर्न सकेन । शारिरिक हिसावले निक्कै बलिया र गर्मि मौषममा भिजेका जोर्डनका खेलाडी नेपाली गोलकिपर किरण चेम्जोङलाई भने व्यस्त राखेका थिए । उनले केही उत्कृष्ट बचाउ समेत गरे । तर नेपालको हार टर्न सकेन ।


फिफा बरियतामा नेपाल १९३ औं स्थानमा छ भने जोर्ड ९२ औं स्थानमा छ ।
जितसँगै समूह ुबीु को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै