वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सर्वाधिक गोलकर्ता : रोनाल्डो पछि सुनिल क्षेत्री, मेस्सी कति नम्बरमा ?

सर्वाधिक गोलकर्ता : रोनाल्डो पछि सुनिल क्षेत्री, मेस्सी कति नम्बरमा ?

काठमाडौं । नेपाली मुलका खेलाडी भारतीय कप्तान सुनिल क्षेत्री देशका लागि सर्वाधिक गोल गर्ने विश्वकै खेलाडी मध्य दोश्रो नम्बरमा उक्लिएका छन् ।

गएराति बंगलादेश विरुद्धको विश्वकप छनोट अन्तरगर्तको खेलमा क्षेत्रीले २ गोल गरेर नयाँ रेकर्ड बनाउने बाटोमा अघि बढेका हुन् । बंगलादेश विरुद्धको खेलमा भारतले २ ० गोलको जित दर्ता गरेको हो ।

क्षेत्रीले गरेको गोल भारतका लागि ७३ औं र ७४ औं गोल हो ।

क्षेत्री भन्दा अघि पोर्चुगिज स्टार क्रिटियानो रोनाल्डो छन् । उनले देशका लागि सर्वाधिक १ सय ३ गोल गरेका छन् । अर्जेन्टाईन स्टार लियोनल मेसीले देशका लागि ७२ गोल गरेका छन् । क्षेत्रीले गएरातिको खेलबाट मेसीलाई उछिनेका हुन् ।

भारतले विश्वकप तथा यसिया कप क्वालिफायर अन्तरगतको अर्को खेल अफगानिस्तान विरुद्ध खेल्दैछ ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा