वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

पाँचथरमा जिप दुर्घटना, चालकसहित एक महिलाको मृत्यु

पाँचथरमा जिप दुर्घटना, चालकसहित एक महिलाको मृत्यु

झापा । पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा मंगलबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एक महिलाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु घर भएका ३२ वर्षीय सवारी चालक मिलन बिष्ट र पिकअपमा सवार सोही गाउँकी २५ वर्षीया सीता अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

खाद्यान्न बोकेर झापादेखि ताप्लेजुङतर्फ गइरहेको प्रदेश नं।०१–००१ च ७६९१ नम्बरको पिकअप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए। उनकाअनुसार पिकअप सडकबाट करिब ५० मिटर तल खसेको छ।मृतकको पोष्टमार्टमका लागि पाँचथर अस्पताल पठाइएको छ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै