वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

रातमा निद्रा लाग्दैन भने यी उपाय अपनाउनुस्

रातमा निद्रा लाग्दैन भने यी उपाय अपनाउनुस्

काठमाडौं । विभिन्न कारणले धेरै मानिसलाई रातमा राम्रो निद्रा नपर्ने समस्या हुन्छ । दिनभरको भागदौड, तनाव तथा धेरै काम गर्नुपर्ना कारण आदि इत्यादि ।

यसरी पर्याप्त निद्रा नपर्दा विभिन्न रोगको कारक बन्ने अनुसन्धानहरुले पुष्टि गरेको छ। जो मानिसहरु रातमा केवल ५/६ घण्टा मात्र सुत्दछन् उनीहरुमा मुटुरोग, हृदयाघात, मधुमेह तथा बाथ जस्ता खतरनाक रोगको खतरा बढ्दछ । त्यसैले कम्तीमा रातमा ७/८ घण्टा सुत्नुपर्दछ ।

तर कतिपय मानिसहरु सुत्न चाहँदा चाहँदै पनि रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यसरी रातमा निद्रा नलाग्ने समस्याबाट छुटकारा पाउन निम्न उपाय अपनाउन सकिन्छः

  • रातमा सुत्नुभन्दा पहिले कफी नपिउनुहोस् । यसमा भएको क्याफाइन तत्वले मस्तिष्कलाई सक्रिय बनाइदिन्छ । जसका कारण निद्रा पर्दैन ।
  • रातमा सुत्नुभन्दा एक घण्टा पहिले हल्का व्यायाम गर्नुहोस् । यसले मांशपेशीलाई सक्रिय बनाउँदछ र रातमा निद्रा नलाग्ने समस्या कम हुन्छ ।
  • बेडरुमलाई सफाचट राख्नुहोस् । सुत्ने कोठाको तापक्रम सन्तुलित बनाउनुहोस् । निद्रा लागेन भने रातमा मधूर संगीतको ध्वनी लगाएर तथा हल्का प्रकाशयुक्त बत्तीको प्रयोग गरेर ओछ्यानमा पल्टिनुहोस्, विस्तारै निद्रा आउँछ ।
  • रातमा सुत्नुभन्दा पहिले मोबाइल, ट्याबलेट, कम्प्युटर तथा टेलिभिजन जस्ता विद्युतीय सामानको प्रयोग नगर्नुस् ।
  • सुत्नुभन्दा अघि नियमित रुपमा एक गिलास तातो दुध पिउने गर्नुहोस् । यसले रातमा मीठो निद्रा जगाइदिन्छ ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा