वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

मेस्सीलाई पछि पार्ने भारतीय कप्तान सुनिल क्षेत्रीका ७४ गोल

भन्छन् - गोलको गन्ति गर्नका लागि फुटबल खेल्दैन

मेस्सीलाई पछि पार्ने भारतीय कप्तान सुनिल क्षेत्रीका ७४ गोल

काठमाडाैं । भारतीय कप्तान सुनिल क्षेत्रीले अर्जेन्टिनाका विश्व चर्चित फुटबलर लियोनल मेस्सीलाई सोमबार पछाडि पारेका छन् । विश्वकपको एसियाली छनोटअन्तर्गत बंगलादेशविरुद्ध प्राप्त २-० गोलको जितमा दुवै गोल गरेसँगै क्षेत्रीले मेस्सीलाई पछि पारेका हुन् । अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुगेको छ । उनी मेस्सीभन्दा २ गोलले अगाडि छन् ।

३६ वर्षीय क्षेत्रीले सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका हुन् । उनले हालसम्म एक सय १७ खेल खेलेका छन्। उनले विभिन्न २३ देशविरुद्ध गोल गरेका छन्। क्षेत्रीले हालसम्म ३६ देशविरुद्ध सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेका छन् ।

सुनील क्षेत्रीले धेरै गोल गर्ने सक्रिय फुटबल खेलाडीको सूचीमा लियोनल मेस्सीलाई उछिन्दा आफुले कहिले पनि गोलको गन्ति नगरेको बताएका छन ।

 

देशका लागि धेरै गोल गर्ने सक्रिया खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डोपछि पुगेका क्षेत्रीले करियरमा धेरै गोलका लागि खेलेको भन्दापनि राम्रो प्रदर्शनका लागि खेलेको बताउँछन् ।

अहिलेसम्म गोलको गन्ती नगरेको बताउँदै उनि भन्छन्, ‘जब आफुले करियर समाप्त गर्छु त्यसपछि मात्र गोलको गणना गर्छु ।’

 

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा