वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

चाँडै बुढ्यौली हुन मन छैन भने त्याग्नुस् यी ५ खराब बानी

चाँडै बुढ्यौली हुन मन छैन भने त्याग्नुस् यी ५ खराब बानी

काठमाडौं । बुढ्यौली हुने रहर कसैलाई पनि हुँदैन । सधै जवान र सुन्दर भइरहन मन नलाग्ने को नै हुन्छ र ? तर केही आफ्नै आनीबानीको कारण समय भन्दा अगाडी नै बुढ्यौलीले छुने गर्दछ । जस्तै समय व्यस्तताले मानिसहरू अहिले जंक फूडमा आकर्षित हुने गरेको पाइन्छ । तर यस्ता फास्टफूडले शरीरलाई अस्वस्थमात्र बनाउँदैनन् चाँडै बुढ्यौलीतिर पनि धकेल्छन् ।

बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला भित्र घुस्छ अनि चाउरी पर्छ । तर यी जंकफुडहरु खाँदा आजकल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन् ।

समयभन्दा अगाडि नै हुनसक्ने बुढ्यौलीबाट जोगिन र सधैं जवान रहन चाहनुहुन्छ भने तलका यी ५ बानी त्याग्नुपर्छ तपाइले

  • राति उठ्ने
    आजकलका मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन् । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिट्टो बिरामी हुन्छन् । प्रकृतिले नै हाम्रो शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ ।
  • मसलायुक्त खानेकुरा
    धेर मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन् । त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ । शरीरको ऊर्जा धेर खर्च भएर छिट्टै बुढ्यौली आउँछ ।
  • शारीरिक निष्क्रियता
    आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउनै चाहँदैनन् उनीहरू । यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ ।
  • मलत्यागमा अनियमितता
    केही मानिसहरू पिसाब वा दिसा रोकिबस्छन् । यसो गर्दा मिर्गौला र आन्द्रामा दबाब पर्छ । यो बानी पछि गएर गम्भीर रोगमा परिणत हुन्छ ।
  • डिप्रेसन, धेरै नूनको सेवन र नशाका कारण पनि छिट्टै बुढ्यौली आउँछ ।

 

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै