वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

पतिको किरियामा बसेका बेला जलेर घाइते भएकी वृद्धाको मृत्यु

पतिको किरियामा बसेका बेला जलेर घाइते भएकी वृद्धाको मृत्यु

झापा । पतिको करियामा बसेका बेला आगोले जलेर घाइते भएकी पाँचथरकी एक वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पति भगीरथ सापकोटाको किरियामा बसेका बेला ग्यास लिक भएर आगो लाग्दा जलेर फिदिम नगरपालिका–४ की ७२ वर्षीया वृद्धा चनमाया सापकोटा घाइते भएकी थिइन् । सोमबार रातिको घटनापछि उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुरमा लगिएको थियो ।उनको उपचारकै क्रममा आज (बुधबार) बिहानका राति १ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोले जलेर चनमायासहित छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटा पनि घाइते भएका थिए ।घाइते छोराहरुको भने मेची अस्पतालमै उपचार भइरहेको छ । घरमै निधन भएका भगीरथको दाहसंस्कारपछि किरियामा बसेका बेला पानी तताउन ग्यास बाल्ने क्रममा आगो सल्किएर घटना भएको प्रहरीको भनाइ छ ।

जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि तीनै जना घाइतेलाई थप उपचारका लागि मेची अस्पताल लगिएको थियो

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने