वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

मोरङको केराबारीबाट हतियारसहित एक जना पक्राउ

मोरङको केराबारीबाट हतियारसहित एक जना पक्राउ

झापा । मोरङको केराबारीबाट हतियार र गोलीसहित प्रहरीले मङ्गलबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बू रहेका छन् । विशेष सूचनाका आधारमा पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा पदमकुमारलाई नियन्त्रणमा लिएको हो ।

उनले चलाएको को १ च ८३६८ नम्बरको कारभित्र एउटा कटुवा पेस्तोल र पाँच राउण्ड गोली फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार केराबारी गाउँपालिका–९ कुसुमेमा रहेका आफन्त गणेशबहादुर लिम्बूको घरनजिक रोकेर राखेको कारभित्र पेस्तोल र गोली बरामद भएको हो ।
पक्राउ परेका लिम्बूविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी उनले दिए ।

कारभित्र हतियार राखेर हिँड्ने र सर्वसाधारणलाई धम्क्याउने गरेको सूचना आएपछि प्रहरीले उनको खोजी थाल्दै पिछा गरिरहेको थियो ।

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे