वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

जसपाको शक्ति सन्तुलन: बाबुराम-उपेन्द्र बलियो कि महन्थ-राजेन्द्र ?

जसपाको शक्ति सन्तुलन: बाबुराम-उपेन्द्र बलियो कि महन्थ-राजेन्द्र ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाइ केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर बुझाउन सकस परिरहेको छ । जसपाका अध्यक्ष ठाकुरले आयोगलाई पत्र पठाउँदै विवरण पेश गर्न एक हप्ताको समय माग गरेका छन् ।

ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको पत्र आयोगमा पठाएको थिए । तर आयोगले पत्र अपूर्ण रहेको भन्दै कार्यकारिणी समितका सदस्यको हस्ताक्षर बुझाउन भनेको थियो ।

यता उपेन्द्र यादव पक्ष भने आफुसंग पूर्ण बहुमत रहेको भन्दै ढुक्क भएर बसेको छ ।

पछिल्लो समय महन्थ पक्षका मृगेन्द्र कुमार सिंह यादव र रामनरेश राय यादव लगाएतका केहि नेता यादव पक्षमा गएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र पक्षले ३० भन्दा बढी सदस्य रहेको दाबी गरेको छ । अहिले डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई , महेन्द्र राय यादव, राजेन्द्र प्रसाद श्रेष्ठ, नवराज सुवेदी , युवराज कार्की , रकम चेम्जोङ, रेणुकुमारी यादव, राम सहाय प्रसाद यादव, डम्मर बल्लभ खतिवडा, , दान बहादुर विश्वकर्मा, प्रकाश अधिकारी, लालबाबु राउत, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रन ध्वज लिम्बु, मोहम्मद ईस्तियाक राई, परशुराम बस्नेत, प्रशान्त सिंह, दुर्गा सोव, भक्तबहादुर शाह, सुशीला श्रेष्ठ, विजयकुमार यादव, राजकुमार लेखी, परशुराम खापुङ्ग, हेमराज राई, मृगेन्द्र कुमार सिंह यादव र नवल किशोर साह लगाएतका कार्यकारीणि सदस्य यादव पक्षमा छन् ।

त्यस्तै महन्थ ठाकुर , राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेश चन्द्र लाल, गोविन्द चौधरी, केशव कुमार झा, अकवाल अहमद शाह, निर्जला राउत, सुनिल कुमार झा, जीतेन्द्र प्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मनिष कुमार सुमन, अमृता अग्रहरी, रेशमलाल चौधरी महन्थ पक्षमा छन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्ष सरकारमा गएपछि राजकिशोर यादव असन्तुष्ट छन् । उनी अहिले दुवै पक्षमा खुलेका छैनन् । उनी अहिले नखुलेपनि अन्तत: यादव निकट केहि सदस्यहरु पनि यादव पक्षमा जान सक्ने अनुमान गरिएको छ ।

बिघटित प्रतिनिधिसभाका जसपाका ३४ सांसदमध्ये २ जना निलम्बित भएपछि ३२ जना थिए । जसमध्ये १६ जना महन्थ–राजेन्द्र पक्षका छन् भने १६ जना नै उपेन्द्र पक्षमा छन् ।
पार्टी एकता हुंदा उनिहरुको सांसद संख्या बराबरी नै थियो । निलम्बनमा परेका २ जनामध्ये रेशम चौधरी महत्थ पक्षका हुन् भने हरिनारायण रौनियार पप्पु, यादव पक्षका हुन् ।

राजनीतिक दलसम्बन्धी व्यवस्थामा पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय कार्यसमितिमा कम्तिमा ४० प्रतिशत पुग्नुपर्छ । अहिले जसपाको यादव पक्ष स्पष्ट बहुमत देखिएपनि ठाकुर पक्ष भने कार्यकारिणी सदस्यको संख्या खोज्न लागिरहेको जसपाका केहि नेता बताउछन् ।

केन्द्रको असर प्रदेशमा
केन्द्रमा देखिएको जसपाको विवाद प्रदेश दुईमा पनि पुगेको छ । प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जसपाका यादव पक्ष र काँग्रेस तथा नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो । जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफै तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा व्यस्त छन् ।

जसपा, कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा भएको छलफलका क्रममा सत्ता सहकार्यका लागि ती दलहरुबीच सहमति भएको बताइएको छ ।

अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छन् । सहमति अनुसार कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्र्याएर १० वटा पुर्‍याउने तयारी छ ।

जसपाका तर्फबाट प्रदेशसभा सदस्य रामअशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्र्याएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइने तयारी भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ ।

पहिलो चरणमा कांग्रेस प्रदेश सरकारमा सहभागी हुने छ । सरकारमा सहभागी हुन काँग्रेस र जसपाबीच २ ​बुँदे सहमति भएको हो । कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुन लागेको हो । यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

 

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे