वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

भक्तपुर माओवादीद्धारा स्वास्थ्य सामाग्री वितरण

भक्तपुर माओवादीद्धारा स्वास्थ्य सामाग्री वितरण

भक्तपुर । नेकपा माओवादी केन्द्रले भक्तपुरमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला अस्पताल भक्तपुर र जन सेवा समाज भक्तपुरलाई राहत सामाग्री हस्तान्तरण गरेको जिल्ला अध्यक्ष डीपी ढकालले जानकारी दिए ।

जिल्ला पार्टीको तर्फबाट स्वस्थ्य सामाग्री हस्तान्तरण गरियो । भक्तपुरका जनताको स्वास्थ उपचार र राहातका लागि जिल्ला पार्टी आफ्नो बल बुत्ताले भ्यायसम्म निरन्तर लागि रहनेछ, ढकालले भने ।

नेकपा माओवादी भक्तपुर इन्चार्ज दिलिप प्रजापति, अध्यक्ष डीपी ढकाल प्रदेश सदस्य देबेन्द्र श्रेष्ठ र प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले जिल्ला पार्टिको तर्फबाट भक्तपुर अस्पताल लाई सहयोग हस्तान्तरण गरेका हुन् ।

यसैविच भक्तपुरस्थित जनसेवा समाजले समुदायस्तरबाटै कोभिड १९ संक्रमणले ज्यान गुमाएकाहरूको शव व्यवस्थापन गर्ने जनशक्ति तयार गर्न थालेको छ। समाजले पहिलो चरणमा भक्तपुर नगरका १६ जना युवायुवतीलाई आफू सुरक्षित भएर संक्रमितको शव व्यवस्थापन गर्ने तालिम दिएको हो। जसमा दुई महिला र १४ पुरुष रहेका छन्।

समाजले जिल्ला प्रशासन कार्यालय एवं डीसीसीएमसी, सुरक्षा निकायको समन्वयमा संक्रमितहरूको शव व्यवस्थापन गर्ने तालिम सञ्चालन गरेको हो।

यसबारे भक्तपुरका चार वटै नगरसँग कुराकानी भइरहेको र भक्तपुर नपाले चासो दिएर तालिम सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने