वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

सि.जी. ब्राण्डको डिसवासर बजारमा, खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटर !

सि.जी. ब्राण्डको डिसवासर बजारमा, खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटर !

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सि.जी.ले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ । नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो ।

यी डिसवासरहरु बजारमा तपाईले १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइने छ । तपाईले आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सक्नुहुनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु भएका हुनाले तपाईलाई यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् ।

जसलाई तपाईले आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरुलाई सफा गर्न सक्नुहुनेछ । यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले तपाईले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ ।

यो विशेषताको कारण अब तपाईलाई धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

वि.एल.डि.सि. टेक्नोलोजि वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले तपाईको घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले तपाईको भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने  डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सकिने छ  । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ ।

अब डिसवासरको खरिदमा तपाईले १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी  रहेकाे छ ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द