वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

कस्ता बिरामीले खानहुँदैन तितेकरेला ?

कस्ता बिरामीले खानहुँदैन तितेकरेला ?

काठमाडौं । तितेकरेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले ती विरामी भएका व्यक्तिले तितेकरेला सेवन गर्नु हुदैन ।

गर्भवती
करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले त्यस्तो आवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।

फर्टिलिटी समस्या भएमा
यदि फर्टिलिटीसम्बन्धी ओषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

पायल्स
पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुहोस् । किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

शल्यक्रियापछि
शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेला प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दूई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

जसमा कलेजोको समस्या
तितेकरेलाको अत्याधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न सक्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

महिनावारी समस्या
बढी करेला खानाले महिनावारीको समस्यामा अत्याधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरुले करेलाबाट टाढा रहन जरुरी छ ।

जसलाई सुगर कम छ
करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरुले भने कहिल्यै पनि करेला खानु हुँदैन ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा