वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले लिए शपथ, माओवादी गृहकार्यमा

प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले लिए शपथ, माओवादी गृहकार्यमा

जनकपुर । नेपाली काँग्रेस प्रदेश नं २ को सरकारमा सहभागी भएको छ । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झाले काँग्रेसबाट सहभागी तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री पदको शपथ गराएका हुन् ।
जनकपुरधामस्थित प्रदेश नं २ का प्रदेश प्रमुखको कार्यालयमा बुधबार अबेर काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोय यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र बिरेन्द्र प्रसाद सिंहले मन्त्री पदको शपथ ग्रहण गरेका थिए । मन्त्री पदमा नियुक्त राम सरोज यादबलाई भौतिक पूर्बाधार बिकास मन्त्रालय, ओम शर्मालाई खानेपानी तथा उर्जा बिकास मन्त्रालय र बिरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको छ । १०७ सदस्यीय प्रदेशसभामा काँग्रेसका १९ जना सदस्य छन् ।
यस्तै प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउने योजना असफल भएकाे  छ । आजै सरकारमा सहभागी भई मन्त्री पदको शपथ गर्ने योजना रहेकोमा गृहकार्य नपुग्दा माओवादी केन्द्र सरकारमा सहभागी नभएकाे हाे ।
माओवादी केन्द्रले सत्ता सहकार्य गर्ने विषयमा निर्णय लिन संसदीय दलका नेता साहलाई जिम्मेवारी दिएको छ ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने