वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

डोटीमा हावाहुरीले तीन लाखको क्षति

डोटीमा हावाहुरीले तीन लाखको क्षति

डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द्रको भवनमा क्षति पु¥याएको छ । उनका अनुसार हावाहुरीले विद्यालयको पर्खाल, छाना तथा ट्रष्ट उडाएको छ ।

हावाहुरीका कारण विद्यालय र शिशु स्याहार केन्द्रमा कम्तीमा पनि रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यसैगरी हावाहुरीसँगै आएको असिनापानीका कारण किसानले फलाएका साग, तरकारी तथा मकै बालीमा पनि क्षति भएको स्थानीयवासी रमेशबहादुर बलायरले जानकारी दिए । हावाहुरीले मकै बाली तथा तरकारीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै