वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

खनाल-नेपाल पक्षमा बहस: सोल्टीदेखि समिट होटलसम्मका वार्ता के का लागि ?

खनाल-नेपाल पक्षमा बहस: सोल्टीदेखि समिट होटलसम्मका वार्ता के का लागि ?

काठमाडौं । मंगलबार दिउसो गोकण विष्टले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर भने, ‘उहाँहरुले बोलाउनु भएको छ ललितपुरको समिट होटलमा कुरा गर्न जादै छु ।’

त्यसको केहि समयपछि सुरेन्द्र पाण्डेले ‘उहाँहरु’लाई भेटेर आउछु भनेर माधवकुमार नेपाललाई जानकारी दिए । माधवकुमारले दुबै जनालाई एक वाक्यमा जवाफ दिए ‘ओके’ भनेर ।

उहाँहरु भनेको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु । जुन पछिल्लो समयमा पार्टी विभाजन हुन दिनु हुन्न भन्दै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरुसंग निरन्तर वार्तामा छन् ।

मंगलबार ललितपुरको समिट होटलमा वार्ता भयो । वार्ता पुन निस्कर्ष बिहीन नै रह्यो ।

गत २३ फागुनको सर्वोच्च अदालतको निर्णयपछि झाङ्गिएको एमालेको विवाद आरोप प्रत्यारोप हुदै पार्टी विभाजनको डीलमा पुगेको छ । यही डीलमा पुगेको एमालेलाई दोस्रो तहका नेताहरु कहिले काहि जम्मा भएर यसो धक्का दिएर पुरानै लयमा फकाउने कोशिस गर्छन । तर सक्दैनन् ।

फागुनको अन्त्यतिर सुरु भएयता एमालेका दुई पक्षका समानान्तर गतिविधि चलिरहेका छन् । चैतको ४ र ५ गते ललितपुमार झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेला भयो । उक्त भेलाको उद्देश्य सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो शक्ति देखाउनु थियो । नभन्दै खनाल- नेपाल पक्षले शक्ति देखाए ।

उक्त कार्यक्रममा उद्घोषक थिए नवौ महाधिवेशनमा महासचिवमा ६ मतले हारेका सुरेन्द्र पाण्डे । तीनै पाण्डेको उद्घोषणमा सुरु भएको भेलामा नेकपा माले देखि एमालेसम्मको इतिहास जोडे । उनको उद्घोषक कला अझ विवाद चरम रुपमा बढेको समयमा नेता कार्यकर्ताले धेरै उर्जा पाए ।

ओलीको कार्यशैलीप्रति पाण्डे पहिला देखि नै निकै आक्रामक थिए । यसको कारण उनी ओलीको मन्त्रीमण्डलमा सामेल हुन पाएनन् । अथवा ओलीले उनलाई मन्त्रीमा रुचाएनन् ।

२०७७ साल ११ फागुनमा सर्वोच्च अदालतले संसद पुनस्थापना गरेपछि १२ फागुनमा भरतपुरमा तत्कालीन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्ने क्रममा पाण्डेले ‘ओलीको सेटिङ टाइँ–टाइँ फिस’, माडीमा बन्ने राममन्दिरको ‘पुजारी’ओलीलाई बनाउने सम्मको घोषणा गरेका थिए ।

यति सम्मका आलोचक रहेका पाण्डे अहिले भने वार्ता गरेर डीलमा पुगेको एमाले जोगाउने अभियानमा लागेका छन् । अझ सिधा भाषामा भन्दा अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै नेतृत्व स्वीकारेर जान तयार देखिएका छन् ।

अर्का नेता थिए योगेश भट्टराई । ललितपुरको भेलाको दुई दिनसम्म पत्रकार सम्मेलन गर्न आउथे । अथवा खनाल नेपाल पक्षका प्रचारप्रसार विभाग प्रमुख थिए । उनीसंगै हुन्थे विष्णु रिजाल । तर रिजालले खनाल- नेपाल पक्षलाई केहि समय पहिला छोडेर ओली पक्ष समातिसके । अहिले भट्टराई पनि वार्ता गरेर एमाले जागाउने अभियानमा जुटेका मात्र छैनन् दुबै पक्षका नेताहरुको खुलेर आलोचना गर्न थालेका छन् ।

त्यतिमा मात्र हैन केही दिन अघि अध्यक्ष ओलीले सहमतिका लागि भनेर अघि सारेको पत्र तयार गर्न समेत आफुहरुले पहल गरेको भट्टराईले नै स्वीकार गरेका छन् । त्यही भएर होला, ओलीको प्रस्ताव सार्वजनिक भएको केही मिनेट भित्रै भट्टराईले स्वागत गरिहाले । भट्टराई निकट मानिने सिन्धुलीका सांसद गणेश पहाडीलाई आज प्रधानमन्त्री ओलीले मन्त्री बनाए । राजनीतिमा यसको पनि अर्थ लुकेको छ ।

उपमहासचिव ,वैचारीक ,बौद्धिक नेताको पहिचान बनाएका एमालेका नेता हुन घनश्याम भुसाल । भुसाल पनि अहिले पार्टी एकताको जोगाउन सकिन्छ कि भनेर प्रयासमा रहेका छन् । तर एमालेमा पंचायतकालीन भुतको सलबलाएको प्रति खबरदारी गरीरहेका छन् । पंचायतकालमा मण्डले थिए अहिले ती मण्डले एमालेमा भएको उनले सार्वजनिक गरेका छन् । भट्टराई र पाण्डे जुन हदसम्म पुगेका छन्, भुसाल त्यो हदमा नपुगेको नेपाल पक्षका नेताहरु बताउँछन् ।

४–५ गतेबाट घोषित रुपमा समानान्तर गतिविधि गदै आएको खनाल -नेपाल पक्ष अहिले पनि समानान्तर गतिविधि गदै आएको छ । तर पछिल्लो समयमा यो पक्ष का दोस्रो तहका नेताहरु सकेसम्म पार्टी एकता जोगाउनेमा लागेका छन् तर परिणाम शुन्य छ ।

खनाल -नेपाल पक्ष भित्रै चार नेताको आलोचना
अहिलेपनि यी दुबै पक्ष मिल्ने भन्दा पनि विभाजन तर्फ बढी उन्मुख देखिन्छन् । अहिले पनि दुबै पक्षका दोस्रो तहका नेताहरु भने एकताको झिनो आसा लिएर वार्ता भेटघाटमा लागेका छन् ।

खनाल–नेपाल पक्षका नेताहरुले गरेको वार्ताका बारेमा सो पक्ष भित्रैबाट आलोचना हुन थालेको छ । खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा अधिकांस केन्द्रीय सदस्यले यो कुनै आधिकारी वार्ता नभएर नेताहरुको स्वार्थसंग जोडिएको बताएको एक केन्द्रीय सदस्यले बताए ।

वार्तामा लागेका नेताहरुका कारण कतै खनाल–नेपाल पक्ष कहि कमजोर हुने त हैन नि भन्ने चिन्ता चासो बैठकमा उठेको ती सदस्यले बताए । तर पार्टी विचार र सिद्धान्तमा चल्छ । हामीसंग सहि विचार छ, हामी सफल हुन्छौ भन्नेमा अधिकास केन्द्रीय सदस्यको मत रहेको ती सदस्यले बताए ।

वार्ता जारी हुदा पनि ओली पक्ष र खनाल–नेपाल पक्षको लडाइ भने रोकिएको छैन । आइतबार ओलीले पार्टी एकता गर्नकोलागि ६ बुँदे प्रस्ताव ल्याए तर त्यसको दोस्रो दिन अथवा सोमबार खनाल नेपाल पक्षले पनि ६ बुँदेमै ओलीको जवाफ दियो ।

बागमती प्रदेशको उपचुनावपछि झन् टाढा
विवादकाबीच बागमती प्रदेशको राष्ट्रिय सभाको चुनाव आयो । एमालेको ओली पक्षले माओवादी केन्द्रबाट ओली क्याम्पमा रहेका रामबहादुर थापालाई उम्मेदवार बनाए । तर नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी बाबुराम उपेन्द्र पक्ष र खनाल नेपाल पक्षले सामूहि रुपमा (विपक्षी गठबन्धन) खिमलाल देवकोटालाई उम्मेदवार बनाए ।

६ जेठमा चुनाव हुदै थियो । तर ओली -खनाल नेपालका दोस्रो तहका नेताहरु ५ गते बैठक बसेर पार्टी एकता गर्नु पर्नेमा छलफल गरे । तर ६ गतेको चुनावमा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले जित्यो । त्यसपछि दोस्रो तहका नेताहरुको वार्ता त्यहि रोकियो । तर विस्तारै फेरी दोस्रो तहका नेताहरु पुन सक्रिय भए । अहिलेपनि वार्ता जारी छ ।

उसो त २ गते वैशाखमा पार्टीको विवाद मिलाउने भन्दै कार्यदल बनाएको थियो । तर त्यो कार्यदल पनि दुई तीन बैठकपछि अहिले अस्तीत्वमा छैन । यसको प्रमुख कारण बन्यो खनाल -नेपाल पक्षका नेतृत्वकर्ता भीम रावललाई पार्टी सदस्य नरहने ओली पक्षले गरेको काराबाही ।

सत्ता संकट मोचनका लागि पहल
अहिले ओलीको सत्ता संकटमा भएकाले सके माधवकुमार नेपाल बाहेकको एकता नसके सरकार टिकाउन चाहिने जति सांसद ओलीले खोजिरहेका खनाल–नेपाल पक्षको बुझाइ छ । ओलीले ५ पुसमा संसद विघटन गरेपछि नै बहुमत गुमाइ सकेका थिए । तर उनले हरेक तिकडम गरेर सत्तामा बसीरहे । जति जति समय वित्दै गयो । उनको पार्टीका सांसद नै उनका विरुद्ध अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर अदालत पुगेका छन् ।

२७ वैशाखमा अविश्वासको प्रस्ताव पास भएन । तर उनले त्यसको तेस्रो दिन पुन अल्पमतको सरकार बनाए । सरकार बनाएका एक हप्ता वित्दा नबित्दै पुन संसद विघटन गरे । जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ ।

ओलीलाई सत्तासंकट
जुन मुद्दामा खनाल–नेपाल पक्षका सांसदहरुले पनि हस्ताक्षर गरेपछि ओली सबै भन्दा बढी सत्तासंकटमा परेका छन् ।

सर्वोच्चमा विचाराधिन मुद्दा भन्दा पहिला नै आफ्नो सत्ता बचाउने हरेक प्रयासमा रहेका सकेसम्म नेपाल बिनाको एकता गर्ने चाहनामा छन् । यदि यस्तो पनि भएन भने खनाल नेपाल पक्षलाई विभाजन गरेर संसदमा बुहमत पुगाउन चाहन्छन् ।

तर खनाल–नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु वार्ता गरेर एकता भए ठिक छ तर सबै कुरा ओलीको स्वीकारेर आफूहरु नजाने भन्दै आफ्नो पक्षको हरेक तहका बैठकमा स्पष्टीकरण दिदै आएका छन् ।

पछिल्लो समयमा खनाल–नेपाल पक्षका निरन्तर ओलीको कार्यशैली र उनले पार्टीलाई संचालन गर्ने विधि विधानलाई मिचेको भन्दै वक्तव्य पनि आउन थालेका छन् । यसमा ओलीले आफू तर्फ आउने आस गरेका प्रमुख चार जना नेताहरु पनि सहभागी हुदै आएकाले ओलीले अब आउदैनन भन्ने मनसाय बनाएको बालुवाटार निकट स्रोतले बताए । बालुवाटार निकट स्रोतले भन्यो ‘आज र भोलीसम्म ओली पर्खनु हुन्छ तर उहाँहरु आउनु हुन्न भन्नेमा बालुवाटार पुगेको छ । हेरौ के हुन्छ ।’

अहिले दुबै पक्ष वार्ताको माध्यमबाट सके आफू अनुकुल एकता गर्ने नसके वार्ताबाट केहि निस्कर्ष ननिस्कदता अलग हुनु पर्ने अवस्था आयो भनेर छुट्टीने ट्याक्टीसमा रहेका छन् । खनाल–नेपाल पक्षका नेताहरु २ जेठ २०७५मा फर्काउन जोडबलमा छन् भने ओली पक्षहरु ३ जेठलाई आधार मानेर एकता गर्नेमा छन् । एक दिनले फरक परेको मिलनबिन्दु के हुन्छ हेर्न भने बाँकि छ ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने