वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको पद खुस्कियो, पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको पद खुस्कियो, पाएनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुको पद खुस्किएको छ । प्रदेश सभाबाट विश्वासको मत लिनका लागि उनले गरेको प्रयासमा असफल भएपछि उनको मुख्यमन्त्री पद खुस्किएको हो ।

आज भएको गण्डकी प्रदेश सभाको मतदानका क्रममा खसेको ५७ मत मध्य उनको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो ।

मुख्यमन्त्री गुरूङको प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरे भने स्वतन्त्र सांसद राजिव गुरूङ तटस्थ बसे । केही समय अघि मात्रै मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्।

गुरुङको विपक्षमा नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका ३ सांसदको मत खसेको थियो ।

अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

के हुन्छ नयाँ सरकार गठनको प्रक्रिया ?

उपधारा ५ मा उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

मुख्यमन्त्री गुरुङको पक्षमा मतदान गर्न अनुपश्थित भएका राजिव गुरुङले पनि जसले ३० सांसद पुर्याउँछ उसैको पक्षमा मतदान गर्छु भनेकाले उनी पनि थपिएमा ३१ सांसद नयाँ सरकारको पक्षमा उभिने देखिएको छ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् ।

धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।

मुख्यमन्त्री गुरुङले संघमा प्रधानमन्त्री ओलीले गरेजस्तै मध्यावधी चुनाव घोषणा गराउने तयारी गरेको विपक्षीको आरोप छ ।

 

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न