वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

नवनियुक्त गृहमन्त्रीको चेतावनी–फाइल घुमाउने छुट कसैलाइ छैन

नवनियुक्त गृहमन्त्रीको चेतावनी–फाइल घुमाउने छुट कसैलाइ छैन

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अव कसैलाई नहुने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पदभार पछि आयोजित कार्यक्रममा गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएको भन्दै जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अव कसैलाई नहुने बताएका हुन् । उनले गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिए । उनले जनताको अधिकारलाई कार्यान्वयन गराउन ध्यान केन्द्रति गर्नुपर्ने उल्लेख गरे । उनले भ्रष्टाचारको दुर्गन्ध आए कम्परमाइज नगर्ने स्पष्ट पारे । सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको अवस्थामा निर्वाचनलाई भयरहित बनाउन पनि उनले निर्देशन दिए ।
यसअघि बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ गराएका थिए । गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । सञ्चारमन्त्री नियुक्त थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा