वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

पेरुको राष्ट्रपतिमा बापमन्थी नेता पेड्रो कास्तियो विजयी

पेरुको राष्ट्रपतिमा बापमन्थी नेता पेड्रो कास्तियो विजयी

एजेन्सी । पेरुमासम्पन्न राष्ट्रपति चुनावमा वामपन्थी नेता पेड्रो कास्तियो विजयी भएका छन् । बुधबार अबेर सार्वजनिक भएको मत परिणाम अनुसार ९९.८ प्रतिशत खसेको मत मध्य पेड्रोले ५०.२ प्रतिशत मत हाँसिल गरेर विजयी भए । उनको विपक्षी राईट विङका केइको फुजिमोरीले पेड्रो भन्दा ०.६ प्रतिशत कम मत प्राप्त गरे ।

पेरुमा भएको वामपन्थीहरुको विजयले सिंगो दक्षिण अमेरिकालाई नै सन्देश दिएको विष्लेशण गर्न थालिएको छ ।

सताव्दीको सुरुवातमा सिंगो दक्षिण अमेरिकामा वामपन्थीहरुको सरकार भएपनि उत्तरार्धसम्म आईपुग्दा पेरु र कोलम्बियाले विरासत बचाउन सफल भए ।

मसहुर पेरु लिब्रे पाटीृका नेता पेड्रो पेशाले शिक्षक थिए । जिवनकालभरी आफ्नो सादगी व्यवहारका कारण उनी चर्चित समेत थिए ।

दक्षिण अमेरिकी देशहरु मध्य जनसंख्याको हिसावले पेरु चौथो देश हो । ब्राजिल, कोलंबिया र अर्जेन्टीना पेरु भन्दा धेरै जनसंख्या भएका देश हुन् । पाँचौंमा भेनेजुयला, छैठौंमा चिली र सातौ नम्बरमा इक्वेडर छन् ।

फुजिमोरीका विरुद्ध वामपन्थीहरु विजयी भएको चुनावलाई अन्तराष्ट्रिय पर्यव्यक्षकहरुले समेत स्वस्थ, निस्पक्ष र धाँधलिरहित चुनावको रुपमा लिएको एनबीसी न्युजले जनाएको छ ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा