वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

सर्वोच्चबाट ओलीलाई धक्का माधवलाई राहत : एमालेको १०औं महाधिवेशन आयोजक कमिटी भंग

सर्वोच्चबाट ओलीलाई धक्का माधवलाई राहत : एमालेको १०औं महाधिवेशन आयोजक कमिटी भंग

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले महाधिवेश आयोजक कमिटीलाई अवैध ठहर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीले गठन गरेको १०औँ महाधिवेशन आयोजक कमिटी अवैध ठहर गरेको हो ।

यस आदेशले एमालेभित्रका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई राहत मिलेको छ । उनीहरूले २ जेठ २०७५ को अवस्थामा पार्टीलाई फकाउनुपर्ने भन्दै विरोधमा उत्रिरहेका थिए । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै प्रदेश सांसद प्रकाश ज्वालासहित चार पदमुक्त गरेका थिए ।

उनीहरूले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति अवैध ठहर गरेको हो ।

उनीहरूलाई पुर्नवहाली गर्ने आदेशमा भनिएको छ,‘दशौ राष्ट्रिय आयोजक कमिटि नेकपा एमालेको पार्टीको आधिकारीक संरचना होइन । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्याग सम्बन्धी विषयमा कारवाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारवाही गर्न सक्ने व्यवस्था छ । पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय वदरभागी छ ।’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै