वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते

जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते ुभएको प्रहरीले जनाएको छ ।

घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा