वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने

अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने

काठमाडौं । अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी उनको अस्पतालले उपचार समेत सुरु गरेको छ ।

सामाजिक सञ्जालमा निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गरेका थिए ।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेका छन् ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकीउनले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै