वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

प्रदर्शनमा उत्रिएका नागरिक अगुवा बालुवाटारबाट पक्राउ

प्रदर्शनमा उत्रिएका नागरिक अगुवा बालुवाटारबाट पक्राउ

काठमाडौं । बालुवाटारमा प्रदर्शनमा उत्रिएका बृहत नागरिक आन्दोलनका अगुवाहरु पक्राउ परेका छन् । प्रधानमन्त्रीको सरकारी निवास अघि प्रदर्शनमा नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएका खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती लगायत २० जनालाई पक्राउ गरेका छ । उनीहरु चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले कानुनी बाटो छलेर सत्ताको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गरेसँगै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका २० जना अगुवाहरुलाई कमलपोखरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा तोडेर भीड जम्मा गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

प्रभाषको फिल्म ‘आदिपुरुष’ ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड !

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे