वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

नागरिकताका बिषयमा सर्वोच्चको आदेश: जसपाले भन्यो–निर्णयको सम्मान गछौं

नागरिकताका बिषयमा सर्वोच्चको आदेश: जसपाले भन्यो–निर्णयको सम्मान गछौं

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । साथै उहाले अदालतको आदेशलाई भने सम्मान गर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानून नै भएको बताए । उनले भने, अध्यादेश पनि त कानून नै हो, लामो समयदेखि नागरिकताको बिषय सदनमा अड्केको छ, जनताको समस्या बढ्दै गएको छ ।

यसअघि सर्वोच्चले अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता पैदा हुने अवस्थासमेत रहने भएकाले संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुने ठहर गरेको थियो । अध्यक्ष ठाकुरले लामो समयदेखि नागरिकतासम्बन्धी कानून संसदमा अड्किरहेको र कुनै निर्णय हुन नसकेकाले समस्या भयावह हुँदै गएको बताए ।

नागरिकता नहुँदा नागरिकहरु रोजगार र उच्च शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै उनले नागरिकतासम्बन्धी कानून अघि बढाउनका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए ।
त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री राजेन्द्र महत्ताले जसपा अव मुलुकको बैकल्पीक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि सदूपयोग गर्नुपर्ने धारणा राखे ।

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै